Comments Add Comment

राजपा सहमहामन्त्री मिर्जा एमाले प्रवेश

८ असोज,काठमाडौंं । राजपाका सहमहामन्त्री मिर्जा अल्साद बेग एमालेका प्रवेश गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला आइतवार केन्द्रीय कार्यालयमै बेग आफ्ना सहयोगीसहित एमाले प्रवेश गरेका हुन् ।

कपिलबस्तु निवासी बेगलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । ओलीले मधेशमा एमालेको मत नघटेको तर सत्तापक्षको धाँधली र चार पार्टीको घोषित अघोषित गठबन्धनका कारण केही ठाउँमा प्राबिधिक रुपमा हारिएको बताए ।

ओलीले जनमतका हिसाबले मधेशमा एमालेको मत बढेको दावी गरे । उनले धेरै जनसंख्या रहेका नगरपालिकाहरुमा एमालेले जितेकाले गाउँपालिका जितेको संख्या जोडेर अरु पार्टी ठूला भएको दावी टिप्पणी गरे ।

२ नम्बर प्रदेशको चुनाव परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको भन्दै ओलीले समग्र देशमा एमाले ठूलो पार्टी भइसकेको बताए । उनले मधेशमा अझै मेहनत गर्ने र धेरै नेता कार्यकर्तालाई प्रवेश गराउने योजना सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment