१ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले चुनाव सार्न राज्यका संवैधानिक अंगहरुलाई प्रभावित पार्ने प्रयास भइरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री शेरवहादुर देउवा चुनाव भाँड्ने षड्यन्त्रमा लागेको आरोप पोखरेलको छ ।
काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्न लागेका महासचिव पोखरेलले बुधवार बुढानीलकण्ठ नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव सार्ने खेलमा राज्यका अंगहरुलाई प्रभावित पार्न खोजिएको बताए ।
पोखरेलले भने, ‘देउवाको विगत चुनाव नगराउने खलनायकका रुपमा चित्रित छ । अहिले पनि उनी यही खेलमा लागेका छन् । सर्वोच्च अदालतमा सन्दर्भहीन विषय छलफलमा लैजानुले आशंका जन्माएको छ ।’
निर्धारित मितिमा चुनाव नभए देउवाको दुर्गति हुने भन्दै उनले चुनावबाट कांग्रेस भाग्न खोजिरहेको बताए । उनले राज्यका सबै अंगहरुले आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्ने भन्दै कतैबाट प्रभावित भए दुर्भाग्य हुने बताए ।
एमाले महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमार्फत चुनाव सार्न खोजेको आरोप लगाउँदै सारिए दुर्भाग्य हुने बताएका छन्
राजपा नेता सर्वेन्द्रनाथ शुक्लले प्रतिनिधिसभा र प्रदेशसभाको लागि अलग–अलग मतपत्र हुनुपर्ने भन्दै दायर गरेको रिटमाथि आज सर्वोच्चमा सुुनुवाई हुँदैछ । महासचिव पोखरेलले सर्वोच्चमा आज हुने सुनुवाइप्रति लक्षित गर्दै चलखेलको आरोप लगाएका हुन् ।
प्रतिक्रिया 4