
५ साउन, दोहा (कतार) । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने शर्तमा कांग्रेस-एमालेको सरकार बनेको बताएका छन् ।
कतारको दोहामा भएको प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले नयाँ गठबन्धनको सहमतिको खुलासा गरेका हुन् ।
पोखरेलले राजनीतिक स्थायित्वको लागि कांग्रेस-एमाले सरकार बनेको दाबी गरे । २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको उनले बताए ।
सम्बोधनकै क्रममा उनले प्रचण्डले चुलबुल गर्दा हुँदाखाँदाको सरकार ढलेको टिप्पणी समेत गरे । उनकै बेइमानका कारण सरकार ढलेको आरोप लगाए । ‘भन्न वाम भन्ने काम के गर्ने के गर्नेलाई कसरी वाम सरकार गिरेको हो ?’ उनले प्रश्न गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4