१४ फागुन, काठमाडौं । नेकपा एमालेका नेता एवं काठमाडौं–५ का उम्मेदवार ईश्वर पोखरेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई देश बनाउने संकल्पको जनमतका रूपमा लिएको बताएका छन् । बिहीबार एक चुनावी सभालाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् ।
पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र अखण्डताको पक्षमा उभिने शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे । ‘हामी देश बनाउने शक्ति विजयी हुनुपर्छ भन्नेमा स्पष्ट छौँ,’ नेता पोखरेलले भने । विकास र राजनीतिक स्थायित्वको प्रमुख एजेन्डा एमालेसँग मात्रै रहेको उनले दाबी गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरु भएका पूर्वाधार र विकासका योजनालाई पूर्णता दिन आवश्यक रहेको पनि उनले बताए ।
प्रतिक्रिया 4