+
+
Shares

ज्येष्ठ नागरिकको ज्ञान र अनुभवलाई राज्य सञ्चालनमा उपयोग गर्नुपर्नेमा नेता पोखरेलको जोड

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा ज्येष्ठ नागरिकको अवस्था र ज्ञान हस्तान्तरण विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको समुद्घाटन गर्नुभएको छ।
  • नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा मात्र नभई ज्ञान र अनुभवको स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताउनुभयो।

२६ वैशाख, काठमाडौं । ज्येष्ठ नागरिकको अवस्था, विद्यमान चुनौती र अन्तर–पुस्ता ज्ञान हस्तान्तरणका विषयमा केन्द्रित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा शुरु भएको उक्त सम्मेलनको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् ।

सम्मेलनलाई सम्बोधन गर्दै नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकहरूलाई केवल सामाजिक सुरक्षा र सम्मानको घेरामा मात्र सिमित नराखी उनीहरूलाई ज्ञान र अनुभवको महत्वपूर्ण स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताए ।

उनले ज्येष्ठ नागरिकको अनुभवलाई राज्य सञ्चालन, समाज रूपान्तरण र पारिवारिक समृद्धिमा सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेपालमा सामाजिक सुरक्षा कार्यक्रमको शुरुवात गर्ने प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको योगदानको स्मरण गर्दै नेता पोखरेलले उनको विचार र निष्ठालाई चिरस्थायी बनाउन प्रतिष्ठानले विभिन्न रचनात्मक कार्यहरू गर्दै आएको जानकारी दिए ।

२०५६ सालमा स्थापित प्रतिष्ठानले ज्येष्ठ नागरिकका लागि देश दर्शन, सम्मान कार्यक्रम, स्वास्थ्य शिविर तथा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ । साथै, युवाहरूलाई प्राविधिक शिक्षा प्रदान गर्न मोरङमा मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापना गरी स्वरोजगारीका क्षेत्रमा समेत काम भइरहेको पोखरेलले बताए ।

‘स्वर्गीय अधिकारीले बसाल्नुभएको ज्येष्ठ नागरिक सम्मानको जगलाई आज सबै तहका सरकार र समाजले अपनत्व ग्रहण गर्नु सुखद् पक्ष हो । अब यसलाई थप परिष्कृत गर्दै उहाँहरूको अनुभवलाई विकासको अभियानमा जोड्नुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?