
२ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज कतार प्रस्थान गरेका छन् ।
आगामी शुक्रबार अल डल्ला ड्राइभिङको सभा हलमा सुरु हुने प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न उनी कतार गएका हुन् ।
पोखरेलसँगै एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा पनि कतार प्रस्थान गरेका छन् ।
अधिवेशनमा सहभागी हुन नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरिया यसअघि नै कतार पुगिसकेका छन्।
एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल पाँच दिनपछि स्वदेश फर्किने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4