२२ मंसिर, अछाम । अछाममा भर्खरैबाट मतगणना सुरु भएको छ ।
जिल्ला सदरमुकामस्थित कृषि विकास कार्यालयको नयाँ भवन र घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा मतगणना सुरु भएको हो ।
अछाममा दुई वटा निर्वाचन क्षेत्र छन् । सर्वदलीय बैठक ढिला गरी बसेकाले मतगणना गर्न ढिलाइ भएको जनाइएको छ ।