२९ फागुन, काठमाडौं । पोखरा लेखनाथ न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले थप दुई शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सले यही सोमवार देखि आधुनिक वित्तीय सुविधायुक्त आफ्नो ११ औं शाखा भैरहवा र १२ औं शाखा बेसीशहरमा सञ्चालनमा ल्याएको हो ।
निकट भविष्यमा नै चितवनको नारायणघाटमा समेत नयाँ शाखा सञ्चालनमा ल्याइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले जनाए ।
चुक्ता पृ्ंजी रु. ६५ करोड ५७ लाख रहेको कम्पनीले गत पुससम्ममा रु. ३ अर्व ९४ करोड रुपैयाँ निक्षेप र रु. ३ अर्व ७० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको जगेडा कोषमा रु. ४१ करोड ७३ लाख छ ।
भैरहवा तथा बेशीसहर शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा तथा सीआश्वा लगायतका सम्पूर्ण आधुनिक बैकिङ सेवा उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया 4