+

कुञ्जल क्रियाले कसरी पेट सफा गर्छ ?

२०८० भदौ  २२ गते १२:१० २०८० भदौ २२ गते १२:१०
कुञ्जल क्रियाले कसरी पेट सफा गर्छ ?

काठमाडौं । योगाभ्यास एक शारीरिक व्यायाम मात्र होइन, जीवनलाई सरल र सहज बनाउने एक बेजोड तरिका पनि हो । जुन जो कोहीले पनि आफ्नो शारीरिक क्षमता र आफ्नो स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर गर्न सक्छन् ।

योगाभ्यासमध्ये ‘कुञ्जल क्रिया’ मात्र गर्न सकियो भने सम्पूर्ण शरीरलाई फाइदा गर्छ । अन्य योग अभ्यासभन्दा यो अभ्यास अलि फरक र अनौठो छ । किनभने यसमा आफैं बान्ता गर्नुपर्ने हुन्छ ।

कुञ्जल क्रिया के हो ?

कुञ्जल क्रिया शरीरबाट विषाक्त पदार्थ निकाल्ने जबर्जस्त टेक्निक हो । शरीरलाई मात्र होइन, नियमित रुपमा यो क्रिया गर्दा मन पनि नियन्त्रित रहन्छ ।

यसबाहेक जर्नल अफ आयुर्वेद एण्ड एन्टिग्रेटिभ मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार बान्ता गरेपछि व्यक्तिलाइ खालीपन महसुस हुन्छ । खाली पेटमा नुन पानी पिउनाले सहजै बान्ता आउँछ । र, बान्ताबाट शरीरका विषाक्त पदार्थ बाहिरिन्छ ।

कसरी गरिन्छ ?

१. कुञ्जल क्रिया बिहान खाली पेटमा गर्नुपर्छ । सबैभन्दा पहिला हरेक एक लिटर पानीमा एक चम्चा नुन हालेर ठीक पार्नुपर्छ ।

२. कगासन मुद्रामा बसेर पानी चारदेखि पाँच गिलास मनतातो नुन पानी पिउनुपर्छ ।

३. पानी पिउनासाथ उठेर दुवै खुट्टालाई ९० डिग्रीको कोण बनाएर अगाडि थोरै अगाडि झुकेर उभिनुपर्छ । यसरी पानी पिउने बित्तिकै निहुरिंदा बान्ता आउन मद्दत पुग्छ ।

४. जब पेट खाली भइसकेको अनुभव हुन्छ । तब शवासन मुद्रामा ३० मिनेट बस्नपर्छु ।

५. यो क्रिया गर्दा विशेषज्ञको निगरानीमा गर्नु उचित हुन्छ । यो विधि महिनामा एक वा दुईपटक गरिन्छ ।

पाचन प्रणालीमा सुधार

बान्ता गर्दा मांसपेशी संकुचित हुन्छ । बान्ताले मांसपेशीहरू टाइट हुन्छ । पेटको मांसपेशी सुक्दै गएर बोसो घटाउँदै पेटमा रगतको प्रवाह बढाउँछ । यसले शरीरमा रहेको अनावश्यक विषाक्त पदार्थ हटाउने, मांसपेशीहरु बलियो बनाउनुका साथै पाचन प्रणालीमा सुधार हुन्छ ।

रुघाखोकीबाट छुट्कारा

कुञ्जल क्रियाले फोक्सोको मांसपेशीको सहनशक्ति बढाउँछ । यस अभ्यासको कारण फोक्सो सफा हुन्छ । जसले राम्रोसँग सास लिन मद्दत मिल्छ । साथै,  रुघाखोकीबाट पनि छुट्कारा दिन्छ ।

तनाव र चिन्ता कम लिने

यो क्रिया गर्दा शरीरमा रक्तसञ्चार बढ्छ । रक्तसञ्चार राम्रो हुने बित्तिकै अक्सिजन शरीरको हरेक भागमा पुग्छ । जसले  उच्च रक्तचाप सन्तुलित भएर तनाव कम हुँदै जान्छ ।

सावधानी

यो विधि गर्भवती महिला, पेटको शल्यक्रिया गरेका व्यक्ति, १५ वर्षभन्दा कम उमेर र मुटुको समस्या भएकाहरुले गर्न मिल्दैन ।

एजेन्सीको सहयोगमा

कुञ्जल क्रिया योगाभ्यास स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय