+

प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ बेलायतमा सम्मानित

२०८२ कात्तिक  ३० गते १२:०२ २०८२ कात्तिक ३० गते १२:०२
प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ बेलायतमा सम्मानित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा.पुकारचन्द्र श्रेष्ठलाई बेलायतको \'रोयल कलेज अफ सर्जनस अफ एडिनवर्ग\'ले एमआरसीएस उपाधिबाट सम्मान गरेको छ।

३० कार्तिक, काठमाडौं । नेपालका वरिष्ठ प्रत्यारोपण सर्जन डा.पुकारचन्द्र श्रेष्ठलाई बेलायतमा सम्मान गरिएको छ । डा.श्रेष्ठलाई शुक्रबार ‘रोयल कलेज अफ सर्जनस अफ एडिनवर्ग’ले सम्मान गरेको हो ।

श्रेष्ठ बेलायतमा प्रत्यारोपण सम्बन्धी अध्ययन पूरा गरी नेपाल आएका थिए । बेलायतमा अनुभव लिएर नेपाल आएपछि यहाँको मिर्गाैला र कलेजो प्रत्यारोपण सेवालाई विश्वस्तरको बनाउन योगदान पुर्‍याएको भन्दै एमआरसीएस उपाधिबाट सम्मान गरिएको डा.श्रेष्ठले जानकारी दिए ।

उनलाई उक्त कलेजकी अध्यक्ष डा.क्लेयर म्याकनटले उपाधि प्रदान गरेकी थिइन् ।

डा. श्रेष्ठले एडिनवर्गबाट सन् २००० मा प्रत्यारोपण सम्बन्धी तालिम सुरु गरेका थिए । यसै कलेजबाट एमआरसीएस कलेजको मेम्बरसिप उपाधि पाएका थिए । साथै बेलायतको प्रतिष्ठत फ्रिम्यान अस्पताल लगायत अन्य अस्पतालबाट समेत प्रत्यारोपण सम्बन्धी तालिम लिएका थिए ।

नेपाल फर्किएपछि उनले वीर अस्पतालबाट मिर्गाैला प्रत्यारोपण सेवा सुरु गरेका थिए । सन २०१२ मा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना भएदेखि त्यहाँको नेतृत्वमा रही काम गरेका उनले १२ वर्ष भन्दा बढी यही संस्थाको नेतृत्व गरेका थिए ।  प्रत्यारोपण केन्द्रको नेतृत्वमा रहँदा उनले मिर्गाैला प्रत्यारोपण सेवालाई बिस्तार गर्न र पहुँचयोग्य बनाउन विशेष भूमिका खेलेका थिए । साथै नेपालमा कलेजो प्रत्यारोपण सेवा सुरु गरी त्यसलाई निरन्तरता दिन पनि योगदान गरेका थिए ।

डा.श्रेष्ठले दुई महिनाअघि सरकारी सेवाबाट अवकास पाएका हुन् ।

आगामी दिनमा गैरनाफा मुलक संस्था स्थापना गरी  नेपालमा प्रत्यारोपण सेवालाई अझ सशक्त र सर्वसाधारणको पहुँचसम्म थप योगदान गर्ने योजना रहेको डा.श्रेष्ठले सुनाए ।

डा. पुकारचन्द्र श्रेष्ठ पु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अहिले २०-३० वर्षका युवामा किन देखिँदैछ मधुमेह ?

अहिले २०-३० वर्षका युवामा किन देखिँदैछ मधुमेह ?

दुई डाक्टरको प्रेम, जब चारतारे होटलबाटै बिहे गर्नुपर्ने दबाब आयो

दुई डाक्टरको प्रेम, जब चारतारे होटलबाटै बिहे गर्नुपर्ने दबाब आयो

५ वर्षमुनिका बालबालिकामा निमोनिया किन बढी खतरनाक ?

५ वर्षमुनिका बालबालिकामा निमोनिया किन बढी खतरनाक ?

सोध्न डर लाग्ने तर जान्न इच्छा हुने यौनसम्बन्धी ७ प्रश्न र उत्तर

सोध्न डर लाग्ने तर जान्न इच्छा हुने यौनसम्बन्धी ७ प्रश्न र उत्तर

दहीदेखि पाउरोटीसम्म, पत्तै नपाई दैनिक खाइरहेका हुन्छौं धेरै चिनी

दहीदेखि पाउरोटीसम्म, पत्तै नपाई दैनिक खाइरहेका हुन्छौं धेरै चिनी

ओट्स र मुस्ली : कुन बढी स्वस्थकर, किन ?

ओट्स र मुस्ली : कुन बढी स्वस्थकर, किन ?