+

योगाभ्यासले वास्तवमै दिमागलाई तीक्ष्ण बनाउँछ ?

२०८० भदौ  १० गते १२:४५ २०८० भदौ १० गते १२:४५
योगाभ्यासले वास्तवमै दिमागलाई तीक्ष्ण बनाउँछ ?

काठमाडौं । जन्मदेखि मरणसम्म हरसमय सक्रिय रहने अंग हो मस्तिष्क । सुतेको बेला पनि यसले काम गरिरहेको प्रमाण हामीले देख्ने सपनाबाट पुष्टि हुन्छ । निरन्तर सक्रिय दिमागलाई थकानबाट बचाउन योगाभ्यास अति महत्वपूर्ण रहेको योग तथा जीवनशैली प्रशिक्षक डा. राजु अधिकारी बताउँछन् ।

‘जसरी मांसपेशीलाई बलियो र ठूलो बनाउन भारी तौल उठाइन्छ । त्यसरी नै जति योग गरिन्छ, दिमाग त्यति तगडा हुन्छ । मनलाई एकाग्र गर्ने शरीरलाई सन्तुलनमा राख्ने महत्वपूर्ण विधि योग नै हो,’ उनले भने । अन्य कुनै औषधि वा उपचार पद्धतिले गर्न नसक्ने कार्य योगाभ्यासबाट गर्न सम्भव भएको उनको दाबी छ ।

कसरी प्रभाव पार्छ ?

दिमागमा अर्बौं संख्यामा कोष हुन्छन् । ती कोष अस्तव्यस्त भए वा निष्क्रिय हुँदै गएमा दिमाग कमजोर हुन्छ । कमजोर र निष्क्रिय हुँदै गएको मस्तिष्क प्रणालीका स्नायु कोषिकालाई योगले जगाएर सही रुपमा गर्नुपर्ने काममा लगाइदिने उनी बताउँछन् ।

साथै, योगाभ्यासले स्नायुप्रणालीको बाधा अवरोध, थकान, थिचाइ र दबाबलाई हटाइदिन्छ । योगको काम नै शरीरलाई उत्तेजित गर्ने र सामान्यीकरण गर्ने दुवै प्रणालीलाई सन्तुलन गर्नु हो ।

दिमागलाई तीक्ष्ण बनाउँछ

विभिन्न अध्ययनले पनि दिमागलाई तगडा बनाउन योगाभ्यास महत्वपूर्ण रहेको कुरामा जोड दिएका छन् । योग गर्दा दिमागले नयाँ कनेक्सन विकास गर्ने हार्डबर्ड विश्वविद्यालयको अध्ययनले देखाएको छ । सो नयाँ कनेक्सन दिमागको संरचनामा परिणत हुन्छ । नतिजा यसले कग्नेटिभ क्षमता जस्तै, स्मरण शक्ति र केही कुरा सिक्न सक्ने क्षमता बढाउँछ । योगाले दिमागलाई तीष्ण बनाई एकाग्रता, विचार, सोच्ने क्षमता, बोल्ने लवजको बौद्धिकतालाई बढाउँछ ।

योगाभ्यास

डा. अधिकारीका अनुसार योगाभ्यासमा भ्रामरी प्राणायाम, ध्यान, अनुलोम विलोम, पद्मासन, सुखासन जस्ता अभ्यास पर्छन् ।

आँखा र कान दुवै बन्द गरेर ओमको ध्वनि निकालेर गरिने प्राणायाम हो, भ्रामरी प्राणायम । यो प्राणायामले क्रोध, चिडचिडापन, निराशा र चिन्ता जस्ता नकारात्मक भावनाहरूलाई हटाएर एकाग्रता र स्मरण शक्तिलाई बलियो बनाएर आत्मविश्वास बढाउँछ ।

पाद पश्चिमोत्तनासनले तनाव, क्रोध र रिस हटाएर मनलाई शान्त बनाउँछ । सेतुबन्धको आसनले मांसपेशीहरूलाई आराम दिन्छ । मस्तिष्कमा रक्तसञ्चार बढाउँछ । मस्तिष्क र स्नायु प्रणालीलाई शान्त गर्न मद्दत गर्छ, जसले चिन्ता, तनाव र कम हुने डा. अधिकारी बताउँछन् ।

चिकित्सा उपचारसँगै योग गरेमा अस्वस्थ व्यक्ति छिटो निको हुने वरिष्ठ न्युरोलोजिस्ट डा. राजीव झा बताउँछन् । योगले दिमागको एकाग्रता बढाउन र नकरात्मक भावना हटाउन प्रमुख भूमिका खेल्ने हुँदा योगलाई दैनिक जीवनमा लागू गर्न अस्पताल आउने बिरामीहरुलाई सुझाउने गरेको उनी बताउँछन् ।

योग गर्ने र नगर्नेबीचको भिन्नता

पोषिलो खाना खाने र नखानेको शरीरमा जस्तो फरक हुन्छ । त्यस्तै, फरक योग अभ्यास गर्ने र नगर्नेमा हुने डा. अधिकारी बताउँछन् । ‘योग गर्नेहरुको दिमाग सधैं गहकिलो, सजग, सक्रिय, चेतनावन, चलचलतालाई नियन्त्रण गर्ने, विचारहरु केलाउन सक्ने हुन्छ । तर योग नगर्नेको दिमाग चनचलन, अधैर्य, तनाव, दुविधामा रहिरहने हुन सक्छन्, जसले मनोवैज्ञानिक समस्या उत्पन्न हुन सक्छ,‘ अधिकारी भन्छन् ।

हार्डबर्डले एमआरआई स्क्यान र अन्य मस्तिष्क इमेजिङ प्रविधि प्रयोग गरी गरेको अध्ययनले नियमित रूपमा योग गर्ने मानिसको सेरेब्रल कोर्टेक्स (सूचना प्रशोधनका गर्ने मस्तिष्कको भाग) र हिप्पोक्याम्पस (सिकाइ र स्मरण गर्ने तन्तु)  योग नगर्नेको तुलनामा बलियो रहेको  देखाएको छ । मस्तिष्कका यी क्षेत्रहरू सामान्यतया उमेर बढ्दै जाँदा आकार सानो हुँदै जान्छ । योग नगर्नेहरूको तुलनामा योग र ध्यान दैनिक गर्नेको सो भाग कम साँघुरिने अध्ययनले निष्कर्ष निकालेको छ  । जसबाट  योगले उमेरसँगै कम हुँदै जाने स्मरणशक्तिको क्षमतालाई केही हदसम्म रोक्न सक्ने बुझिन्छ ।

यसै सन्दर्भमा डा. धनश्याम खरेल पनि मस्तिष्कलाई स्वस्थ र बलियो बनाउन योग तथा ध्यानलाई समावेश गर्नुपर्ने बताउँछन् । ‘योगले मस्तिष्कको हिप्पोक्याम्पसलाई विकास र स्वस्थ बनाउँछ । जसले गर्दा व्यक्तिको स्मरण शक्ति कायम राख्ने काम गर्छ । साथै, ध्यानले दिमागको एकाग्रता बढाउँछ, जसले निर्णय गर्ने क्षमता, सिकाइ र स्मरण शक्ति बलियो पार्ने पछिल्ला अध्ययनहरुले देखाएका छन्,‘ डा. खरेल भन्छन् ।

दिमाग मस्तिष्क योगाभ्यास स्वास्थ्य
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ