News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा.मंगल रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
८ मंसिर, काठमाडौं । चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघको निर्वाचन आगामी माघमा हुँदैछ । उक्त निर्वाचनका लागि चिकित्सकहरूले आ-आफ्नो तयारी थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा.मंगल रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
डा.रावलले आइतबार उम्मेदवारी घोषणा गरेका हुन् । कर्णाली र देशैभरिको चिकित्सा शिक्षा, सेवा र अनुसन्धानमा लामो समयदेखि संलग्न हुँदै आएको अनुभवका आधारमा अध्यक्ष पदको दावी प्रस्तुत गरेको डा.रावलले बताएका छन् ।
जुनसुकै विचारधारा, भूगोल वा पृष्ठभूमिबाट आएको भए पनि बिगतमा उल्लेखनीय योगदान पुर्याएका तथा भविष्यमा अझ ठूलो योगदान दिन सक्ने क्षमता भएका चिकित्सकलाई संघको टिममा जोड्नुपर्ने मत उनले राखेका छन् ।
प्रतिक्रिया 4