+
+
WC Series
जनकपुर बोल्ट्स 2025
126/9 (20)
VS
Biratnagar Kings won by 9 runs
Won विराटनगर किंग्स 2025
135/7 (20)
Shares

५० अंक बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १५:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार नेप्से परिसूचक ४७.२२ अंक बढेर २६४७ अंकमा पुगेको छ।
  • कारोबार रकम ६ अर्ब २८ करोडबाट ७ अर्ब ३ करोडमा वृद्धि भएको छ।
  • २१५ कम्पनीको मूल्य बढ्दा ३७ को घटेको र ६ को स्थिर रहेको छ।

८ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको छ ।

त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोडको भयो । कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो ।

२१५ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ६ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । जीवन बीमा सबैभन्दा धेरै ४.९४ प्रतिशत बढ्यो ।

निर्जीवन बीमा २.९९ प्रतिशत बढ्यो । बैंकिङ १.४०, विकास बैंक १.२१, फाइनान्स १.४२, होटल तथा पर्यटन २.२४, हाइड्रोपावर ०.८०, लगानी १.८३, उत्पादन तथा प्रशोधन १.६४, माइक्रोफाइनान्स १.९३, अन्य १.६८ तथा व्यापार ०.७६ प्रतिशत बढे ।

पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा झापा इनर्जी, सागर डिस्टिलरी, बन्दीपुर केबुलकार, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेक छन् ।

श्रीनगर एग्रिटेकको आजैदेखि कारोबार सुरु भएको हो । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ८.२६, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८.०१, जोशी हाइड्रोपावरको ७.६३ तथा सन नेपाल लाइफ इन्स्योरेन्सको मूल्य ७.०२ प्रतिशत बढ्यो ।

माबिलुङ इनर्जीको मूल्य सबैभन्दा धेरै ४.४४ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?