News Summary
Generated by OK AI. Editorially reviewed.- बिहीबार नेप्से परिसूचक ०.९३ अंकले घटेर २५६० अंकमा झरेको छ।
- नेप्से घट्दा पनि कारोबार रकम ३ अर्ब ७७ करोडबाट ४ अर्ब ६८ करोडमा वृद्धि भएको छ।
- धौलागिरी लघुवित्त, बन्दीपुर केबुलकार, झापा इनर्जी र सागर डिस्टिलरी कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।
४ मंसिर, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से जम्मा ०.९३ अंक घटेको छ ।
सो कमीपछि नेप्से २५६० अंकमा झरेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६८ करोडको भयो । दिनभर बजारको उतारचढाव सामान्य रह्यो ।
११२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ६ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशत बढ्यो ।
जेनजी आन्दोलनपछि होटल तथा पर्यटन समूह सबैभन्दा धेरै प्रभावित हुने अनुमान गरिएको थियो । सोअनुसार होटल तथा पर्यटन सेक्टरका सबैजसो कम्पनीको मूल्य उच्च दरले घटेको थियो ।
यद्यपि पर्यटन सिजन सुरु हुँदा केहीबाहेक अधिकांशमा त्यसको असर देखिएको छैन । जसले गर्दा लगानीकर्ता यस सेक्टरमा अहिले आकर्षित देखिएका छन् ।
त्यस्तै जलविद्युत् ०.०९, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.२७, अन्य ०.३० र व्यापार समूह ०.१७ प्रतिशत बढे ।
बैंकिङ ०.३४, विकास बैंक ०.०८, लगानी ०.५२, जीवन बीमा ०.०६ र निर्जीवन बीमा ०.३३ प्रतिशत घटे । चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा धौलागिरी लघुवित्त, बन्दीपुर केबुलकार, झापा इनर्जी र सागर डिस्टिलरी छन् । यीमध्ये धौलागिरीबाहेक अरु कम्पनी हालै सूचीकृत भएका हुन् ।
त्यस्तै सिन्धु विकास बैंकको ९.६०, सप्तकोशी विकास बैंकको ७.७१, चिरख्वा हाइड्रोपावरको ६.८० प्रतिशत मूल्य बढ्यो ।
बुंगल हाइड्रोको मूल्य सबैभन्दा धेरै ९.०५ प्रतिशत घट्यो । दरामखोलाको ४.९१ तथा विकास हाइड्रोपावरको ३.७९ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर र बरुण हाइड्रोपावर छन् ।
प्रतिक्रिया 4