+
+
Shares

लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार लगातार तेस्रो दिन ५.७३ अंकले घटेर नेप्से परिसूचक २७३८ मा झरेको छ।
  • कारोबार रकम ४ अर्ब ९१ करोड पुगेको छ भने ९८ कम्पनीको मूल्य बढेको छ र १६१ को घटेको छ।
  • बैंकिङ र उत्पादन तथा प्रशोधन समूहका सूचक मात्र बढेका छन्, बाँकी सबै क्षेत्रका सूचक घटेका छन्।

१७ वैशाख, काठमाडौं । लगातार तेस्रो कारोबार दिन बिहीबार सेयर बजार ५.७३ अंक घटेको छ ।

सो कमीपछि नेप्से परिसूचक २७३८ अंकमा झरेको छ । अघिल्लो दिन २५ तथा मंगलबार पनि २६ अंक घटेको थियो । कारोबार सुरु भएको २२ मिनेटमै नेप्से परिसूचक २७०८ अंकसम्म झरे पनि त्यसपछि गिरावट दर सम्हालिएको हो ।

कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ९८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ९१ करोडको भयो । ९८ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने १० को स्थिर रह्यो ।

दुई समूहका सूचक मात्रै बढेका छन् । बैंकिङ ०.०२ र उत्पादन तथा प्रशोधन ०.८४ प्रतिशत बढेका हुन् । सबै सबै क्षेत्रका सूचक १ प्रतिशतभन्दा न्यून दरले घटे ।

विकास बैंक ०.४८, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.०४, हाइड्रोपावर ०.४०, लगानी ०.४२, जीवन बीमा ०.२६, माइक्रोफाइनान्स ०.३४, निर्जीवन बीमा ०.०२, अन्य ०.९७ तथा व्यापार ०.६३ प्रतिशत घटे ।

श्रीनगर एग्रिटेकको मूल्य सबैभन्दा धेरै १२.५७ प्रतिशत बढ्यो । शिखर पावरको ७.९१, एसियन हाइड्रोपावरको ७.८८, रिभर फल्स पावरको ४.९५ तथा एसवाई प्यानलको ३.८१ प्रतिशत मूल्य बढ्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?