+
+
Shares

काठमाडौंबाट तीन दिनदेखि एक व्यक्ति बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोकर्णेश्वर नगरपालिका–७ बाट ६६ वर्षीय उमेश सिंह १४ वैशाखदेखि बेपत्ता भएका छन्।
  • उनी भारत घर भइ काठमाडौं बस्दै आएका थिए र टिसर्ट र ट्राउजर लगाएका थिए।
  • परिवारले भेटेमा प्रहरी कार्यालय वा नम्बर ९८१८१०३९७४ मा सम्पर्क गर्न आग्रह गरेको छ।

१७ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–७ बाट एक व्यक्ति बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भारत घर भइ काठमाडौं बस्दै आएका ६६ वर्षीय उमेश सिंह रहेका छन् । सिंह बेपत्ता भएको भन्दै प्रहरी वृत्त बौद्धमा उजुरी दिए पनि फेला नपरेको उनका छोरा सुजन सिंहले बताएका छन् ।

परिवारका अनुसार उनी १४ वैशाखबाट घरबाट निस्केका थिए । त्यसयता उनी बेपत्ता भएको परिवारले बताएको छ । गहुँ गोरो वर्णको, साधारण लेखपढ गर्न जान्ने उनी नेपाली भासा समेत बोल्ने गर्छन् । टिसर्ट र ट्राउजर लगाएका उनी अन्दाजी करिब ५० केजी जति रहेको परिवारले बताएको छ ।

कोही कसैले देखे, भेटेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गराइदिने वा आफन्तको नम्बर ९८१८१०३९७४ मा सम्पर्क गर्न आफन्तले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?