+
+
Shares

नेपाल प्रहरीले भन्यो- टाठाबाठाले सुकुमवासीको पहिचान दुरुपयोग गरे

त्यस्ता नक्कली सुकुमवासी/भूमिहीनको पहिचान गरेर राज्यको काममा एकजुट भई सहयोग र सहकार्य गर्न प्रहरीले वास्तविक सुकुमवासीलाई आग्रह गरेको छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १४:५९

११ वैशाख, काठमाडौं । नेपाल प्रहरीले टाठाबाठाले सुकुमवासी र भूमिहीनको पहिचानको दुरुपयोग गरेको भन्दै सरकारले थालेको व्यवस्थापनको काममा सघाउन आह्वान गरेको छ । शुक्रबार फेसबुकमा एक सन्देश जारी गरेर प्रहरीले राज्यको काममा सहयोग गरिदिन आग्रह गरेको हो ।

‘नेपाल सरकारले सुरु गरेको सुकुमवासी/भूमिहीन व्यवस्थापन प्रक्रिया तपाईँहरूकै उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि सञ्चालन गरिएको महत्त्वपूर्ण पहल हो,’ प्रहरीले सूचनामार्फत भनेको छ, ‘यसको मुख्य उद्देश्य वास्तविक सुकुमवासी/भूमिहीनहरू पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्नु रहेको छ ।’

त्यसपछि प्रहरीको सूचनामा टाठाबाठाले सुकुमवासीको हक अधिकार दुरुपयोग गरेको आरोप लगाएको छ । ‘तर, दुःखलाग्दो कुरा, केही स्वार्थी तथा टाठाबाठा व्यक्तिहरूले तपाईँहरूको नाम र हक–अधिकारको दुरुपयोग गर्दै अनुचित लाभ लिने प्रयास गरिरहेका छन्, जसको बारेमा तपाइहरू स्वयं जानकार हुनुहुन्छ,’ प्रहरीले भनेको छ ।

त्यस्ता व्यक्तिका कारण नै वास्तविक सुकुमवासी र भूमिहीन अवसरबाट वञ्चित हुने तथा राज्यको सेवा सुविधाबाट टाढा हुनुपर्ने अवस्था सिर्जना भएको प्रहरीको सूचनामा दाबी गरिएको छ ।

‘जसले गर्दा वास्तविक सुकुमवासी/भूमिहीनहरू सधैँ अन्यायमा परिरहनु भएको छ र यो समस्या जहिले पनि ज्युँका त्युँ रही आएको छ,’ सूचनामा भनिएको छ ।

त्यस्ता नक्कली सुकुमवासी/भूमिहीनको पहिचान गरेर राज्यको काममा एकजुट भई सहयोग र सहकार्य गर्न प्रहरीले वास्तविक सुकुमवासीलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?