+
+
Shares

ध्यानाकर्षण पत्र बुझाएपछि सुकुमवासीका नेता : रास्वपाले अधिकार उल्लंघन हुन्न भन्यो (तस्वीरहरू)

सुकुमवासी संघर्ष समितिको तर्फबाट रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा पुगेर ध्यानाकर्षण पत्र बुझाइएको हो ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ वैशाख ११ गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले काठमाडौंको अतिक्रमित सुकुमवासी बस्ती हटाउन अल्टिमेटम दिएपछि बस्तीका बासिन्दाले रास्वपालाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
  • सुकुमवासी संघर्ष समितिका प्रतिनिधिले रास्वपाका केन्द्रीय सदस्य खेमराज साउदलाई ध्यानाकर्षण पत्र बुझाएर सरकारको स्वेच्छाचारी कदमको विरोध गरेका छन्।
  • साउदले मानव अधिकार उल्लंघन नहोस् र सरकारका नेताहरूले यस विषयमा ध्यान दिने बताए।

११ वैशाख, काठमाडौं । सरकारले काठमाडौंको अतिक्रमित सुकुमवासी बस्ती हटाउन अल्टिमेटम दिएपछि त्यहाँ बसोबास गरिरहेकाहरूले रास्वपाको ध्यानाकर्षण गराएका छन् । सुकुमवासी संघर्ष समितिको तर्फबाट रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा पुगेर ध्यानाकर्षण पत्र बुझाइएको हो ।

उनीहरूले रास्वपाका केन्द्रीय सदस्य खेमराज साउदलाई ध्याकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण बुझाएर फर्किएका सुकुम्वासीका प्रतिनिधिले भने, ‘सरकारले सुकुमवासी बस्ती हटाउने भनेपछि यहाँ बस्तीमा बस्दै आएकाहरू अहिले बनस्थलीस्थित रास्वपाको पार्टी कार्यालय घेराउमा आएका हौं ।’

उनले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाउँदै यसबारे ध्यानाकर्षण गराएको सुनाए ।

ध्यानाकर्षण पत्र बुझ्दै केन्द्रीय सदस्य साउदले मानव अधिकार उल्लंघन हुने गरी काम नगर्ने र पार्टीको तर्फबाट सरकारमा रहेका नेताहरूले पनि यसमा ध्यान दिने बताएको उनको भनाइ छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?