+

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

२०८३ वैशाख  ११ गते १४:३९ २०८३ वैशाख ११ गते १४:३९
Shares
स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुपरफुडहरू पोषणले भरिपूर्ण हुन्छन् तर तिनीहरूमा कुनै जादुई गुण हुँदैन र सन्तुलित सेवन आवश्यक हुन्छ।
  • प्रोटिन केवल युवा बडीबिल्डरका लागि होइन, वृद्धहरूले मांसपेशी मर्मतका लागि पनि आवश्यक हुन्छ।
  • पानीको रिटेन्सन समस्या हुँदा कम पानी पिउनु हुँदैन, यसले समस्या झन् गम्भीर बनाउँछ।

प्रतिदिन एउटा स्याउ खाएपछि डाक्टरकोमा जान नपर्ने भन्ने उखानमा विश्वास गर्ने व्यक्तिहरूको संख्या सायद निकै कम होला । तर ठूला र बढी चर्चित मिथकहरूको हकमा कुनमा विश्वास गर्ने र कसमा नगर्ने भन्ने निर्णय गर्न गाह्रो हुन्छ ।

मानव शरीरको बनावट अत्यन्त जटिल छ र धेरै पटक यसमा आधारित अधिकांश थ्योरीहरूको कुनै आधार नै हुँदैन । हामी यस्तै केही आधारहीन थ्योरीहरूको सत्यताबारे जानकारी गराउँदै छौं ।

१. मिथक : सुपरफुडहरूमा सुपरपावर हुन्छ

सत्य : यिनका आफ्नै फाइदाहरू छन्, तर यिनमा कुनै जादुइ गुण हुँदैन । सुपरफुडको मतलब पोषणले भरिपूर्ण आहार हो, जसले अरूको तुलनामा अलिक बढी पोषण प्रदान गर्छ, तर यी खानेकुरा मात्र पर्याप्त छन् भन्ने हुँदैन । आफ्नो शरीरको आवश्यकतालाई ध्यान दिएर यिनको सेवनमा सन्तुलन कायम राख्नुपर्छ ।

२. मिथक : प्रोटिन युवा बडीबिल्डरहरूका लागि मात्र हो

सत्य : प्रोटिनलाई धेरै गलत बुझिन्छ । यो मुख्य रूपमा मांसपेशी बनाउने, छिटो अवशोषित हुने, अमिनो एसिडको सरल प्रकार हो जसले मांसपेशीहरूलाई मर्मत गर्न प्रभावकारी हुन्छ । प्रोटिन सप्लिमेन्ट अनिवार्य रूपमा मांसपेशी बनाउनका लागि दिइएको हुँदैन । यो शरीरको प्रोटिन आवश्यकता पूरा गर्नका लागि दिइएको पनि हुनसक्छ, किनकि नेपाली खानाहरु मुख्य रूपमा कार्बोहाइड्रेटमा आधारित हुन्छन् ।

जसरी उमेर बढ्दै जान्छ, प्रोटिनको आवश्यकता पनि बढ्दै जान्छ र मांसपेशी क्षतिको गति बढ्छ । वृद्धहरूका लागि आफ्नो आहारमा उपयुक्त प्रोटिन सप्लिमेन्ट समावेश गर्नु अत्यन्त आवश्यक हुन्छ, जसले मांसपेशी मर्मत, ताकत र स्ट्यामिना कायम राख्न मद्दत गर्छ । यो वर्कआउटपछि मात्र लिने आहार होइन । दैनिक प्रोटिन आवश्यकता पूरा गर्न कुनै पनि समयको भोजनसँग लिन सकिन्छ ।

३. मिथकः खाना खाने बेला पानी पिउँदा पोषण नष्ट हुन्छ

सत्य  :  यो पनि एउटा मिथक हो । आफ्नो पेटलाई मिक्सर जस्तो ठान्नुपर्छ । जसले खानेकुरालाई मिक्स गरेर अवशोषणका लागि तयार पार्छ । यदि खानामा पुरानो समयको जस्तो दाल, तरकारीको रस र मही जस्ता चिजहरू छन् भने पानी बिना पनि काम चल्न सक्छ । तर सुक्खा खानेकुराहरू खाँदा पाचनका लागि तरल पदार्थको आवश्यकता पर्छ । राम्रो पाचनका लागि खानासँगै पानि पनि अत्यन्त आवश्यक छ ।

४. मिथक : पानीको रिटेन्सन समस्या भए कम पानी पिउनुपर्छ

सत्य : पानीको रिटेन्सन प्रोटिनको कमी, इलेक्ट्रोलाइटको असन्तुलन वा अन्य कुनै मेडिकल अवस्थाका कारण हुन्छ । कम पानी पिउँदा शरीर पानी जम्मा गर्न थाल्छ, किनकि उसलाई पोषकतत्वहरू पूरै शरीरमा पुर्‍याउन र धेरै आधारभूत प्रक्रियाहरू गर्न पानी चाहिन्छ । त्यसले पानी संरक्षण गर्छ र समस्या झन् गम्भीर हुन्छ ।

५. मिथक : चिल्लोहरू सधैं खराब हुन्छन् 

सत्य : यदि शरीर धेरै पातलो बनाउने चक्करमा चिल्लो खाँदै नखाने गर्नुहुन्छ भने  यो गलत हो । चिल्लो पदार्थ शरीरको शत्रु होइनन् ।  हामीलाई स्वस्थ चिल्लोहरू चाहिन्छ, जस्तैः ओलिभ आयल, बदामको तेल, राइस ब्रान आयल, एक्स्ट्रा भर्जिन कोकोनट आयल, घिउ र फलहरू जसमा ओमेगा–३ को राम्रो स्रोत हुन्छ ।

प्रशोधित मासु, प्रशोधित खानेकुरा र उच्च सोडियमयुक्त प्याकेटका खानेकुरा भने स्वास्थ्यका लागि राम्रा हुँदैनन्, यिनलाई आहारबाट हटाउनुपर्छ ।

६. मिथक : डाइट गर्नेलाई रेस्टुरेन्टको खाना खराब हुन्छ

सत्य : डाइटको पालना कुनै सजाय होइन, बरु जीवनशैलीमा केही सुधार ल्याउने कुरा हो । यसको मतलब खाने–पिउने आयोजना भएका सबै सामाजिक कार्यक्रममा जान बन्द गर्नुपर्छ भन्ने होइन । बाहिर खाँदा पनि धेरै स्वस्थ विकल्पहरू उपलब्ध हुन्छन् जसबाट छान्न सकिन्छ । हरियो सलाद, क्लियर सुप, मिक्स तरकारी वा स्वस्थ खानेकुरा छानेर खान सकिन्छ ।

७. मिथक : फ्रुट जुसले तौल घटाउन मद्दत गर्छ

सत्य : फ्रुट जुस क्यालोरीले भरिपूर्ण पेय पदार्थ हुन् । एक गिलास सुन्तलाको जुस बनाउन ४–५ वटा सुन्तला चाहिन्छ, जबकि एउटा सुन्तला मात्र पनि खान सकिन्छ । यसबाहेक फलहरू जुसबारे बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने जुस बनाउँदा फाइबर अलगिन्छ र जुस फ्रक्टोजले भरिपूर्ण पेय बन्छ । जुसको सट्टा फाइबरसहित पूरा फल खानु डाइट गरिरहेका र क्यालोरी नियन्त्रण गरिरहेका व्यक्तिका लागि राम्रो निर्णय हुन्छ ।

८. मिथक : तौल घटाउन कार्बोहाइड्रेट छाड्ने र प्रोटिन मात्रै खानुपर्छ  

सत्य : सबैभन्दा स्वस्थ आहार पनि यदि कति कम गर्ने, कति खो थाहा नभए खराब साबित हुन सक्छ । अण्डा र स्प्राउट्समा मात्र बाँच्न सकिँदैन र यसबाट स्वस्थ तरिकाले तौल पनि घटाउन सकिँदैन । शरीरलाई पोषकतत्वको सन्तुलन चाहिन्छ । स्वस्थ तरिकाले तौल घटाउन र शरीरलाई त्यस अवस्थामा राख्न बुद्धिमानी र व्यावहारिक जीवनशैली तथा स्वस्थ डाइट योजना आवश्यक हुन्छ ।

९. मिथक : तातो पानीले नुहाउनु आरामदायी हुन्छ

सत्य : छालाको हिसाबले यो बानी निकै हानिकारक हुन सक्छ । लामो तातो शावरले छालाको प्राकृतिक तेल नष्ट गर्न सक्छ । यसले छालालाई सुक्खा, बढी संवेदनशील बनाउँछ र चिलाउने समस्या बढाउँछ । यसको सट्टा मनतातो पानीले छोटो समय नुहाउनु राम्रो हुन्छ ।

१०. मिथक : केरा, चामल र आलुले मोटोपन बढाउँछ

सत्य : यी खानेकुराहरू प्राकृतिक र स्वस्थ आहारका हिस्सा हुन्, यिनलाई जंक फुडको दर्जा दिन मिल्दैन । आलु र चामलको नाममा रोइलो गर्नु गलत हो, खासगरी यदि सोडियमयुक्त स्न्याक्स खाएर र बियर पिउँदै हुनुहुन्छ भने । सबै फल, तरकारी र कार्बोहाइड्रेट्स, भिटामिन र मिनरलहरूको संयोजन दिन्छन् जसको थोरै मात्रामा भए पनि शरीरलाई आवश्यकता हुन्छ । सबै प्रकारका खानेकुराहरू आफ्नो आहारमा समावेश गर्नुपर्छ ।

११. मिथक : वर्कआउट अघि पानी पिउँदा बिरामी पर्न सकिन्छ

सत्य : व्यायाम गर्नुअघि, व्यायाम गर्दा र व्यायामपछि कुनै पनि समय पानी पिउनु राम्रो हुन्छ किनकि यसले हाइड्रेटेड राख्छ । तर कति पानी पिउने भन्ने उमेर, लिङ्ग, उचाइ, तौल र व्यायामको तीव्रता तथा अवधिमा निर्भर गर्छ ।

१२. मिथक : वेट ट्रेनिङ गर्दा महिलाहरूको शरीर र भारी बन्छ

सत्य : महिलाहरूमा बढी एस्ट्रोजन हुन्छ जसले शरीर चाँडै फुल्दैन । पुरुषहरूको मांसपेशी चाँडै बन्छ किनकि उनीहरूमा टेस्टोस्टेरोन हुन्छ । स्ट्रेन्थ ट्रेनिङले महिलाहरूलाई शरीरको फ्याट घटाउन, दुब्लो–पातलो मांसपेशीको तौल बढाउन र क्यालोरी राम्ररी घटाउन मद्दत गर्छ ।

मिथक स्वास्थ्य
प्रा.डा. विद्या सागर प्रसाद
लेखक
प्रा.डा. विद्या सागर प्रसाद
इन्टरनल मेडिसिन

प्रा.डा. प्रसाद मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा कार्यरत छन्। इन्टरनल मेडिसिनमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ११३७५ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?

९–५ ड्युटी : सेवा बिस्तार कि श्रम शोषण ?