News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले देशप्रति इमानदार चिन्तन, आशा र विश्वासले भरिएको दृष्टिकोण आवश्यक रहेको बताए।
- दाहालले गैरआवासीय नेपाली संघले विश्वभरका नेपालीलाई सञ्जालमा बाँध्ने र नेपालसँग जोड्ने सेतुको काम गरेको बताए ।
- उनले देशबाट पलायन युवा शक्तिलाई नेपाल निर्माणमा प्रेरित गर्न संघले सशक्त भूमिका निर्वाह गर्ने विश्वससमेत व्यक्त गरे।
११ वैशाख, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन, आशा र विश्वासले भरिएको दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।
फरक विचार र आस्था भए पनि मुलुकको समृद्धिका विषयमा साझा राष्ट्रिय चेतना जरुरी रहेको उनको धारणा छ ।
शुक्रबार बालुवाटरस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको खेम शर्माको पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष दाहालले देश बाहिर रहेको नेपालको ठूलो जनशक्ति केवल श्रमको जनशक्तिमात्रै नभई ज्ञान, अनुभव र राष्ट्रिय सम्भावनाको जनशक्ति पनि रहेको बताए ।
यही सन्दर्भमा गैरआवासीय नेपाली संघको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने उनको धारणा छ ।
‘संघले विश्वभर रहेका नेपालीलाई केवल सञ्जालमा बाँध्ने काममात्र गरेको छैन, नेपाली अनुभव, क्षमता र चिन्तनलाई नेपालसँग जोड्ने सेतुको काम पनि गर्दै आएको छ,’ उनले भने ।
साथै अध्यक्ष दाहालले देशबाट पलायन युवा शक्तिलाई नेपाल निर्माणमा प्रेरित गर्ने र आफ्नो सीप क्षमतालाई स्वदेशमै उपयोग गर्न सङ्घले सशक्त भूमिका निर्वाह गर्ने विश्वससमेत व्यक्त गरे ।
उनका अनुसार राष्ट्र निर्माणमा सरकारसँगै अरु सबैको साझा दायित्व हो । जसमा राज्य, समाज, नागरिक, बुद्धिजीवी, युवापुस्ता र प्रवासी नेपाली समुदायको भूमिका महत्त्वपूर्ण हुने उनले बताए ।
प्रतिक्रिया 4