+
+
Shares

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा ओली पिताप्रति श्रद्धाञ्जली

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भक्तपुरको गुन्डुस्थित मोहनप्रसाद ओलीको निवासमा श्रद्धाञ्जली अर्पण गरेका छन्।
  • प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि मोहनप्रसाद ओलीलाई श्रद्धाञ्जली दिन गुन्डु पुगेका थिए।
  • मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो र अध्यक्ष दाहालले तस्वीरमा माल्यार्पण गरेका छन्।

१ चैत, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसादप्रति राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

भक्तपुरको गुन्डुस्थित निवास पुगेर अध्यक्ष दाहालले आइतबार श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

सो क्रममा उनले स्व. मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण पनि गरे । साथै, अध्यक्ष ओलीसहित परिवारमा समवेदना पनि प्रकट गरेका छन् ।

आजै ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुन्डु पुगेका थिए ।

मोहनप्रसादको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?