+
+
Shares

बढेको सेयर बजारमा घट्यो कारोबार, ४ कम्पनी बढे १५ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन ७.७३ अंक बढेर २७९६ अंकमा पुगेको छ।
  • कारोबार रकम घटेर ४ अर्ब ७४ करोड पुगेको छ भने १५७ कम्पनीको मूल्य बढेको छ।
  • पाल्पा सिमेन्ट, कर्पोरेट डेभलपमेन्ट बैंक, शिखर पावर र सिटी होटलको मूल्य १५ प्रतिशतले बढेको छ।

१४ वैशाख, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार ७.७३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७९६ अंकमा कायम भएको छ । यसअघि शुक्रबार नेप्से १.५ अंक बढेको थियो ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७४ करोडको भयो । १५७ कम्पनीको मूल्य बढ्दा १०२ को घट्यो भने १० को स्थिर रह्यो ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५२ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक १.१४, बैंकिङ ०.६८, फाइनान्स ०.४२, होटल तथा पर्यटन ०.९७, जीवन बीमा ०.१३, माइक्रोफाइनान्स ०.२९ तथा निर्जीवन बीमा ०.१५ प्रतिशत बढे ।

त्यस्तै हाइड्रोपावर ०.१९, लगानी ०.२८, अन्य ०.४४ तथा व्यापार १.३९ प्रतिशत घटे । ४ कम्पनीको मूल्य १५ प्रतिशत बढ्यो । १५ प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, कर्पोरेट डेभलपमेन्ट बैंक, शिखर पावर र सिटी होटल छन् । झापा इनर्जीको ९.४४ तथा ग्रिन डेभलपमेन्ट बैंकको ६.८६ प्रतिशत मूल्य बढ्यो ।

माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?