+
+
Shares

सेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता गराइने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता गराउने घोषणा गरेको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गरिने बताए।
  • नीति तथा कार्यक्रममा धितोपत्र नियमन, नेप्से र क्लियरिङ प्रणालीको पुनर्संरचना गरी ऋणबजार र पूर्वाधार बन्डको विकास गरिने उल्लेख छ।

२८ वैशाख, काठमाडौं । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । ‘पूँजी बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फन्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिनेछ’ उनले भने ।

त्यस्तै पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदन्डअनुसार विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

ऋणबजार, बन्ड बजार र पूर्वाधार बन्डको विकास गरी दीर्घकालीन पूँजी निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?