+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
135/7 (20)
Shares

चुम्बनको इतिहास कति पुरानो ? वैज्ञानिकहरूले पत्ता लगाए यस्तो रहस्य

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैज्ञानिकहरूले चुम्बनको सुरुवात करिब ५ करोड ५० लाख वर्षअघि ठूला बाँदरहरूमा भएको पत्ता लगाएका छन्।

मानिस र केही जनावरहरू चुम्बन गर्छन्, जसमा बाँदर र ध्रुवीय भालुहरू पनि समावेश छन् । माया व्यक्त गर्ने यो तरिका कति पुरानो होला ?

अनुसन्धानकर्ताहरूले चुम्बनको सुरुवात कहिले र कसरी भयो भन्ने पत्ता लगाएका छन् । मुख जोडेर गरिने चुम्बन करिब ५ करोड ५० लाख वर्षअघि सुरु भएको दावी अध्ययनको छ । यसअनुसार मानिस र ठूला बाँदरहरूको साझा पुर्खाले पनि यस्तै गर्थे।

यही अध्ययनमा यो पनि पत्ता लाग्यो कि- निएन्डरथल ‘गुफा मानव’ले पनि चुम्बन गर्थे र सम्भवत मानिस र निएन्डरथलले एक-अर्कालाई पनि चुम्बन गरेका हुन सक्छन् ।

वैज्ञानिकहरूले चुम्बनमाथि अनुसन्धान किन गरे भने यो आफैंमा एउटा रहस्य हो । मानिसहरू चुम्बन किन गर्छन् ? चुम्बन न त बाँच्नका लागि आवश्यक छ, न त सन्तान उत्पन्न गर्नमा प्रत्यक्ष भूमिका खेल्छ । तैपनि विश्वको लगभग हरेक मानव संस्कृतिमा यसको उपस्थिति छ, यहाँसम्म कि जनावरहरूमा पनि यो देखिन्छ ।

मानिसबाहेक अन्य जनावरहरूमा पनि चुम्बन लिने व्यवहार देखेपछि वैज्ञानिकहरूले यसको विकासको ‘फेमिली ट्री’ बनाए र यसको सुरुवात कहिलेदेखि भयो भन्ने पत्ता लगाए ।

उद्देश्य विभिन्न प्रजातिहरूको तुलना गर्नु थियो । उनीहरूले चुम्बनको अत्यन्तै सटिक र यस्तो परिभाषा दिए जसमा कुनै रोमान्स छैन।

चुम्बनको सुरुवात करिब ५ करोड ५० लाख वर्षअघि

यो अध्ययनको रिपोर्ट ‘विकास र मानव व्यवहार’ नामक जर्नलमा प्रकाशित भएको छ । उनीहरूले चुम्बनलाई यसरी परिभाषित गरे यो एक-अर्काको मुखसँग गरिएको सम्पर्क हो, जुन आक्रमणका लागि होइन र जसमा ओठ वा मुखको केही हलचल हुन्छ । एउटा शर्त यो पनि छ-यसबाट कोही अर्कोलाई आफ्नो मुखबाट खाना खुवाइरहेको हुँदैन ।

अक्सफोर्ड विश्वविद्यालयकी मुख्य अनुसन्धानकर्ता डा. मटिल्डा ब्रिन्डलले भनिन्, ‘मानिस, चिम्पान्जी र बोनोबो तीनैले चुम्बन गर्छन् ।’ सम्भवत यी तीनको सबैभन्दा पछिल्लो साझा पुर्खाले पनि चुम्बन गर्थे भन्ने निष्कर्ष उनको छ ।

‘हाम्रो विश्वास छ चुम्बनको सुरुवात करिब ५ करोड ५० लाख वर्षअघि ठूला बाँदरहरूमा भएको हुनुपर्छ ’डा. ब्रिन्डल भन्छिन् ।
यो अध्ययनमा वैज्ञानिकहरूले पत्ता लगाए उनीहरूको वैज्ञानिक परिभाषाअनुसार चुम्बन ब्वाँसो, प्रेयरी डग, ध्रुवीय भालु जो अत्यधिक जिब्रो चलाउँछन् र एल्बाट्रस चराहरूमा पनि देखिन्छ ।

उनीहरूको ध्यान प्राइमेटहरूमा थियो, विशेष गरी ठूला बाँदरहरूमा, ताकि मानवीय चुम्बनको जरासम्म पुग्न सकियोस् । यही अनुसन्धानमा यो पनि थाहा भयो- निएन्डरथल हाम्रा सबैभन्दा नजिकका र पुराना नातेदार थिए । करिब ४० हजार वर्षअघि लोप भएका ती पनि चुम्बन गर्थे ।

किन सुरु भयो स्पष्ट छैन

अघिल्लो एउटा अध्ययनमा निएन्डरथलको डीएनएको अध्ययन गरिएको थियो । आजका मानिस र निएन्डरथल दुवैको मुखमा पाइने एउटा विशेष ब्याक्टेरिया उस्तै थियो भन्ने कुरा यो अध्ययनले देखायो ।

डा. ब्रिन्डल भन्छिन्, ‘यसको स्पष्ट अर्थ यो हो, दुवै प्रजाति अलग भएपछि पनि लाखौं वर्षसम्म एकअर्कासँग र्‍यालको आदान–प्रदान गरिरहे ।’

यो नयाँ अध्ययनले चुम्बन कहिले सुरु भयो भन्ने त बतायो, तर आखिर किन भयो भन्ने बताउन सकेन । यसबारे पहिलेदेखि नै धेरै सिद्धान्तहरू प्रचलित छन् । कोही भन्छन्- यो हाम्रा पुर्खा बाँदरहरूको शरीरको जुम्रा सफा गर्ने व्यवहारबाट निस्कियो । कोही- भन्छन् यो पार्टनरको स्वास्थ्य र अनुकूलता नजिकबाट जाँच्ने सजिलो तरिका थियो ।

डा. ब्रिन्डललाई आशा छ यो अध्ययनले त्यो प्रश्नको जवाफ खोज्ने नयाँ बाटो खोल्नेछ । उनको भनाइ छ, ‘हाम्रा लागि यो बुझ्न जरुरी छ, यो केवल मानवीय रोमान्सको एउटा तरिका मात्र होइन, हाम्रा गैरमानवीय नातेदारहरू पनि यस्तै गर्छन् । यसलाई केवल ‘मायाको मूर्खता’ भनेर बेवास्ता गर्नुहुँदैन, यसको गम्भीरतापूर्वक अध्ययन हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?