News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार अपराह्न आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
- बलिउड फिल्म निर्माता करण जोहरले धर्मेन्द्रको निधन पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।
- धर्मेन्द्रको निधनपछि हेमा मालिनी, अमिताब बच्चन, आमिर खान लगायतका कलाकारहरू आर्यघाट पुगेका छन्।
८ मंसिर, काठमाडौं। बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।
सोमबार अपराह्न उनको आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्ति गरेका छन् ।
उनले भनेका छन्, ‘ धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ।एउटा विशाल मेगास्टार, मुख्यधारको सिनेमाका एउटा सच्चा हिरोको पहिचान बनाउनु भएको उहाँ भारतीय सिनेमाको इतिहासमा सधैं चम्किरहनुहुनेछ।’
![]()
यस्तै बलिउडका दिग्गज कलाकारहरू हेमा मालिनी, अमिताब बच्चन, आमिर खानलगायत आर्यघाट पुगेका छन् ।
यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्ससहितका गाडी र घर बाहिर सुरक्षा बढाइएको थियो।
प्रतिक्रिया 4