News Summary
Generated by OK AI. Editorially reviewed.- दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
- भारतीय संचारमाध्यमले भने धर्मेन्द्रको निधन भएको उल्लेख गरेपनि उनको परिवारबाट भने आधिकारिक जानकारी आउन बाँकी छ ।
मुम्बई । दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । ८९ वर्षीय अभिनेतालाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
हिन्दुस्तान टाइम्सले यसबारे समाचार लेखेको छ । इन्डिया टूडेले ‘बलिउड स्तब्ध’ भएको लेखेको छ ।
भारतीय संचारमाध्यमले भने धर्मेन्द्रको निधन भएको उल्लेख गरेपनि उनको परिवारबाट भने आधिकारिक जानकारी आउन बाँकी छ । धर्मेन्द्रकी छोरी इशा देओलले बुवाको स्वास्थ्य स्थितीबारे आधिकारिक धारणा बाहिर ल्याउने बताएकी छन् ।
स्वास्थ्य बिग्रँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । देओल परिवार निकट स्रोतका अनुसार धर्मेन्द्रका छोरीहरूलाई निधनपछि विदेशबाट मुम्बई बोलाइएको छ ।
सोमबार राती सनी देओल अस्पताल बाहिर धेरै भावुक देखिएका । बबी देओल पनि ‘अल्फा’ को छायांकन छोडेर आफ्नो बुबालाई भेट्न मुम्बई फर्किएका थिए ।
सोमबार राति अबेर शाहरुख खान र सलमान खान लगायत धेरै बलिउड सेलिब्रेटीहरू ब्रीच क्यान्डी अस्पताल पुगेका थिए ।
प्रतिक्रिया 4