News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार निधन भएको छ।
- प्रधानमन्त्री नरेन्द्र मोदीले धर्मेन्द्रको निधनमा 'एक युगको अन्त्य भएको' बताएका छन्।
- भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले धर्मेन्द्रको निधनलाई भारतीय सिनेमाको ठूलो क्षति भनेकी छन्।
मुम्बई । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको सोमबार ८९ वर्षको उमेरमा निधन भएको छ । उनको अन्त्येष्टि विले पार्लेस्थित पवन हंस श्मशानमा गरिएको छ ।
उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका राजनीतिज्ञ, व्यवसायी, समाजसेवी, अभियन्ता र सिंगो बलिउडमा शोक व्यक्त गरेको छ ।
प्रधानमन्त्री मोदीले धर्मेन्द्रको निधनमा दुःख व्यक्त गर्दै एक युगको अन्त्य भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत मोदीले असाधारण अभिनेताको रुपमा स्मरण गरेका छन् ।
‘धर्मेन्द्रजीको निधनले भारतीय सिनेमामा एक युगको अन्त्य भएको छ । उहाँ भारतीय सिनेमाका प्रसिद्ध व्यक्तित्व हुनुहुन्थ्यो । एक असाधारण अभिनेता जसले आफ्नो हरेक भूमिकामा आकर्षण र गहिराइ ल्याउनुभयो’ मोदी लेख्छन्, ‘उहाँले निर्वाह गर्नुभएको विविध भूमिकाले अनगिन्ती मानिसलाई प्रभावित तुल्यायो । धर्मेन्द्र जीलाई उहाँको सरलता, नम्रता र आत्मीयपनको लागि उत्तिकै प्रशंसा गरिन्थ्यो । यस दुखद घडीमा, उहाँको परिवार, साथीभाइ र असंख्य प्रशंसकहरूसँग मेरो सहानुभूति छ । ओम शान्ति ।’
भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले धर्मेन्द्रको निधनले भारतीय सिनेमाको लागि ठूलो क्षति भएको बताएकी छन् ।
भारतीय राष्ट्रपति एक्समा लेख्छिन्, ‘सबैभन्दा लोकप्रिय अभिनेतामध्ये एक, उहाँले आफ्नो दशकौं लामो शानदार करियरमा धेरै यादगार प्रदर्शनहरू गर्नुभयो । भारतीय सिनेमाको एक उच्च व्यक्तित्वको रूपमा, उहाँले एक विरासत छोड्नुभयो, जसले युवा पुस्ताका कलाकारलाई प्रेरणा दिइरहनेछ । उहाँको परिवार, साथीभाइ र प्रशंसकहरूप्रति मेरो हार्दिक समवेदना ।’
बलिउड कलाकारहरू अमिताभ बच्चन, शाहरुख खान, आमिर खान, अक्षय कुमार, सलमान खान लगायत पनि धर्मेन्द्रलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका थिए ।
प्रतिक्रिया 4