८ मंसिर, धनगढी । कैलालीमा एक सातामा १४९ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
कैलाली प्रहरीले चलाएको सर्च एन्ड स्वीप अप्रेसन टोलीले एक हप्ताभित्रमा १४९ फरार प्रतिवादी पक्राउ गरेको हो ।
१-७ मंसिरसम्म विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेका उक्त संख्याका प्रतिवादीलाई पक्राउ गरिएको कैलालीका एसपी नरेन्द्र चन्दले जानकारी दिए ।
पक्राउ परेका प्रतिवादीहरूलाई कारबाहीका लागि जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।
‘हामीले सर्च एन्ड स्वीप अप्रेसन चलाएर फरार प्रतिवादीलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइरहेका छौँ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4