+
+
Shares

नक्कली भुटानी शरणार्थी सम्बन्धी ठगी कसुरका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १८:२६
प्रतीकात्मक तस्वीर

२३ कात्तिक, काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी सम्बन्धी कसुरका एक जना फरार प्रतिवादी पक्राउ  परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको फतुवा हर्साह-९ का ४२ वर्षीय निराजन भनिने निरन्जनकुमार खरेल रहेका छन् ।

आर्थिक वर्ष २०७९/८० मा उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा नक्कली भुटानी शरणार्थी सम्बन्धी ठगी, लिखत किर्ते, राज्य विरुद्ध र संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो ।

गोप्य सूचनाको आधारमा  उनलाई २१ कात्तिकमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । खरेललाई थप कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।  प्रतिवादी खरेल फरार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?