+
+

२५ कुरा, जसलाई अपनाए जीवन सरल बनाउन सकिन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते १८:३८

बढ्दो आधुनिकतासँगै मानिसको जीवन अरु जटिल बन्दै गइरहेको लाग्छ । करिअरका लागि भागदौड, डिजिटल प्रविधिको लत, आधुनिक जीवनशैली जस्ता कुराले जीवनलाई सरल बनाउन निकै सकस भइरहेको छ । तर यसभित्र पनि जीवनलाई सरल र सहज बनाउने उपाय छन् ।

यसका लागि अव्यवस्था हटाएर, सन्तुलित रहेर, आफ्नो सम्बन्धलाई सरल बनाउन धैर्यता पनि राख्नुपर्ने हुन्छ ।

अनावश्यक वस्तु हटाउने

दैनिक जीवनका लागि चाहिने महत्वपूर्ण चीजहरू पहिचान गरेर बाँकी अनावश्यक चीजलाई हटाउनुपर्छ । यदि अचानक कतै जानुपरेमा आफूलाई चाहिने अति आवश्यक समान राख्नुपर्छ । अन्य छोड्न वा दान गर्न सकिन्छ ।

कुनै पनि वस्तु राख्नु अघि त्यसको प्रयोग बुझ्नुपर्छ । यदि कुनै वस्तु आफ्नो लागि प्रयोगविहीन छ भने त्यसलाई कसैलाई दान दिनुपर्छ । ताकि त्यो समान अरू कसैको लागि उपयोगी हुन सकोस् । उदाहरणको लागि कुनै सामान १८ महिनासम्म उपयोग गरेको छैन भने त्यसलाई फेरि प्रयोग गरिंदैन भन्ने बुझ्नुपर्छ ।

समयसमयमा घरको सरसफाइ गर्ने

दैनिक घरमा बढार्ने र भाँडाकुँडा माझ्ने गरिन्छ । दैनिक एकपटक घरमा भएको सामान कुन प्रयोग भएको छ कुन छैन हेरेर प्रयोग नभएको सामान हटाइहाल्नुपर्छ । अनावश्यक समान हटाउँदा सफा हुनुका साथै ठाउँ खाली देखिन्छ । विशेषगरी भान्सा र बैठक कोठालाई सधैं सफा राख्नुपर्छ ।

हरेक मौसमा सफागर्ने

घरमा जमेको धुलो, घरपालुवा जनावरको कपाल र अन्य फोहोर सफा हरेक मौसममा सफा राख्नुपर्छ । जस्तै बेलाबेलामा कार्पेट राम्ररी धुने, शौचालय सफा गर्ने र समय-समयमा झ्याल र ढोका पछ्ने गर्नुपर्छ । साथै आफूले प्रयोग गर्ने टेबलका महत्वपूर्ण कागजातबाहेक अन्य सामान व्यवस्थित ठाउँमा राख्ने गर्नुपर्छ । आजभोलि त सकेसम्म कागजभन्दा पनि डिजिटलमा नै काम गर्न सकिन्छ । जसले कागजको प्रयोग कम गराउँछ ।

आफ्नो कोठा वा दराजबाट लुगा घटाउने

दराज वा कोठामा आफूलाई मन पर्ने लुगा मात्र छानेर बाँकी प्रयोग नहुने कपडा दान गर्न सकिन्छ । यदि कुनै सानो भइसकेको छ वा लगाउन मन छैन भने अरुलाई दिन सकिन्छ । त्यस्तै दराजलाई सफा राख्न लुगालाई मौसमअनुसार छुट्याएर राख्न सकिन्छ । साथै प्रयोगविहीन अरु सामान पनि हटाउन सकिन्छ ।

बजारबाट कुनै पनि नयाँ कुरा किन्नुअघि सोच्ने

बजारमा जाँदा प्राय: धेरै मन पर्छ र किनिहालौं जस्तो लाग्छ । तर यसरी किनिहाल्नु हुँदैन । कुनै सामान किन्नुअघि त्यो आफूलाई अति आवश्यकता वा प्रयोग हुने हो कि होइन भनेर सोच्ने गर्नुपर्छ । साथै त्यसको विकल्प छ ? भनेर सोचेर आवश्यक भएको खण्डमा मात्र किन्नुपर्छ । त्यस्तै किताब किन्दा पनि पढिसकेपछि पुन: प्रयोग हुने खालको किताब किन्दा उपयुक्त हुन्छ ।

अर्को घरेलु सामग्रीहरु अति आवश्यक परेमा मात्र किन्ने नभए अन्य अतिरिक्त सामान साथीहरु, परिवार र छिमेकीहरुसँग लिएर प्रयोग गर्न सकिन्छ । जसले पैसाको बचत हुनुका साथै ठाउँ ओगट्ने समस्या पनि कम हुन्छ ।

कटौती गर्ने

जीवनलाई सरल बनाउने अर्को उपाय हो खर्च कटौती । जुनसुकै कुरा किन्दा कम किन्ने तर राम्रो किन्ने गर्नुपर्छ । बाँकी पैसा जम्मा गरेर त्यो पैसा कठिन समयमा प्रयोग गर्न सकिन्छ । उदाहरणको लागि घर किन्नुभन्दा भाडामा बस्नु राम्रो हुन्छ । किनकि यस्तो गरेमा घरको कुनै पनि प्रकारको मर्मत खर्च र अन्य कुनै समस्या झेलिरहनु पर्दैन ।

खाली ठाउँ सिर्जना गर्ने

घर, कार्यालय वा कोठामा खाली ठाउँको सिर्जना गर्न सकिन्छ, जसले आराम महसुस गराउँछ । त्यस्तै घरको भित्तालाई विभिन्न रंगरोगन गरेर राम्रो बनाउनुभन्दा प्राकृतिक रुपमा काठ, खुला इँटा वा अन्य ढाँचा प्रयोग गरेर आफ्नो बैठक कोठालाई आरामदायी र प्रभावकारी बनाउन सकिन्छ ।

ओछ्यानलाई दैनिक मिलाउने

आफ्नो कोठा सफा, सुन्दर र सरल बनाउन आफ्नो ओछ्यानलाई दैनिक राम्रोसँग मिलाएर राख्ने बानी बसाल्नुपर्छ । यसो गर्नाले कोठा सफा देखिन्छ ।

अग्रिम कार्यतालिका बनाउने

अन्तिम मिनेटमा तनाव लिएर काम गर्नुभन्दा अग्रिम कार्यतालिका बनाएर रमाइलो तरिकाले काम गर्न सकिन्छ । यदि काम अलमल वा ढिला गरेर गर्दा पनि समयमा राम्रोसँग काम भइरहेको छ भने त्यो बानी परिवर्तन गर्नु पर्दैन । तर काम गर्दा समयसीमा तोकेर काम गर्दा समयमा नै काम पूरा हुन्छ । काम सुरु गरिसकेपछि बीचमा नरोकी निरन्तर रुपमा लागेर सकाएर मात्र आराम गर्ने गर्नुपर्छ ।

घरायसी कामलाई विभाजन गर्ने

घरका कामहरू जस्तै भाँडाकुँडा र लुगा धुने, खाना पकाउने, सरसफाइ गर्ने जस्ता काम घरका सदस्यहरूबीच समान रूपमा बाँडेर गर्न सकिन्छ । यसो गर्दा घरको एक जनालाई मात्र तनाव हुँदैन र आफ्नो काम सजिलै गर्न सकिन्छ ।

आफ्नो वित्तलाई सरल र सुव्यवस्थित बनाउने

पैसा बिना जीवन चल्दैन । त्यसैले आफ्नो आम्दानी अनुसार खर्च गर्ने योजना बनाउनुपर्छ । त्यस्तै योजना अनुसार नै बचत गर्ने बानी बसाल्नुपर्छ । सकेसम्म कम खर्च गरेर अधिकतम बचत गर्ने सोच गर्नुपर्छ ।

सामान राख्ने ठाउँ बनाउने

सबै चीजको लागि एक तोकिएको ठाउँ बनाउनुहोस् । कुनै पनि चीज किन्नुअघि त्यसको लागि तोकिएको ठाउँ बनाउनुपर्छ । त्यसपछि मात्र किन्ने सोच राख्नुपर्छ किनकि त्यसलाई राख्ने ठाउँ नै छैन भने किनेर के गर्ने ? त्यसैले नयाँ किन्ने भन्दा आफूसँग भएका समानलाई व्यवस्थित तरिकाले राख्ने प्रयास गर्नुपर्छ ।

खाना छिट्टै पकाउने प्रयास गर्ने

भान्साकोठामा लामो समयसम्म खाना पकाउने प्रक्रियामा नबिताई छिटो खानेकुरा पकाउने प्रयास गर्न सकिन्छ । यस्तो गर्नाले सबै जना सँगै बसेर खाना खाएर परिवारसँग बढी समय बिताउन सकिन्छ ।

अभिभावकत्वलाई सरल बनाउने

बालबालिकालाई आफ्नो सरसफाइ आफैं गराउने बानी बसाल्नुपर्छ । साथै उनीहरुलाई खेल्न समय दिने र केही काम दिएको अवस्थामा पूरा गर्न समय दिनुपर्छ ।

नराम्रो सम्बन्ध त्याग्ने

सुखी जीवनको लागि खराब सम्बन्धको अन्त्य गर्नुपर्छ । किनकि नराम्रो सम्बन्ध चलाउनुको कुनै अर्थ हुँदैन । त्यसैले हरेक पल ठट्टा गरेर समय बर्बाद गर्ने र स्वाभिमानमा चोट पुर्‍याउने साथीहरू छोडिहाल्नुपर्छ ।

जीवनमा सधैं केही राम्रो सन्देश दिने, प्रोत्साहन दिने, ऊर्जा ल्याउने व्यक्तिसँग बढी समय बिताउने प्रयास गर्नुपर्छ । सम्बन्धमा निरन्तर परिवर्तन भइरहने भएका कारण यसलाई बुझ्ने प्रयास गर्नुपर्छ ।

हुन्छ’ भन्ने बानी छाड्ने

हरेक कुरामा हो भन्ने बानी सुधार्नुपर्छ । सधैं सबै कुरामा सहमत हुँदा मानिसहरूले तपाईंबाट फाइदा उठाउने कोसिस गर्न सक्छन् । त्यसैले सोचेर मात्रै सहमति जनाउने र आफ्नो कुरामा दृढ हुनुपर्छ ।

आफैसँग पनि धेरै समय बिताउने

सबै सम्बन्ध कायम राख्न जटिल हुन सक्छ । त्यसैले आफ्नो बारेमा पनि सोच्नुपर्छ । जस्तै आफूलाई मनपर्ने ठाउँमा घुम्न जाने, खाने, डुल्ने, रमाइलो गर्ने गर्नुपर्छ । यी सबै कुरा एक्लै गर्न हिच्किचाउनु पर्दैन । किनकि सम्बन्ध समयअनुसार परिवर्तन भइरहेको हुन्छ ।

सामाजिक सञ्जालमा कम समय बिताउने

सामाजिक सञ्जालमा समय बिताएर आफ्नो अमूल्य समय बर्बाद गर्नुभन्दा त्यसलाई अन्य कुनै रुचि भएको विषयमा प्रयोग गर्दा राम्रो हुन्छ । साथै यसलाई छोड्न सके सही ठाउँमा ध्यान केन्द्रित गर्न सकिन्छ ।

फोन टाढा राख्ने प्रयास गर्ने

अहिले प्राय: सबै जना फुर्सद भयो कि मोबाइलमै झुण्डिरहेको देखिन्छ । साथीभाइ, परिवारसँग भएको बेला फोनबाट टाढा रहने गर्नुपर्छ । यसले नजिकका मानिसमा बढी ध्यान केन्द्रित गर्न मद्दत गर्छ । किनकि एकैचोटि धेरै ठाउँमा आफ्नो ध्यान बाँडेर, कुनै एक ठाउँमा पूरा समय दिन सकिंदैन ।

व्यवस्थित सूचीअनुसार काम गर्ने

व्यवस्थित सूची बनाएर प्राथमिकता अनुसार काम गर्ने प्रयास गर्नुपर्छ । सूची बनाउँदा दीर्घकालीन लक्ष्य र योजनाहरूलाई ध्यानमा राख्नुपर्छ । यसो गर्नाले आगामी समयलाई राम्ररी संगठित गर्न मद्दत गर्नेछ । प्राथमिकता अनुसार आफ्नो लक्ष्य सूचीबद्ध गरेर समय-समयमा त्यसको समीक्षा पनि गर्नुपर्छ ।

आफ्ना इलेक्ट्रोनिक उपकरणहरू व्यवस्थित गर्ने

कम्प्युटरमा प्रयोग नहुने वा प्रयोग नगर्ने सफ्टवेयर हटाउने र समय समयमा आफ्नो उपकरण जाँच गरिरहने गर्नुपर्छ । इमेल पढेपछि यदि यो उपयोगी छैन भने तुरुन्तै डिलिट गर्नुपर्छ । सकेसम्म इनबक्स खाली राख्न प्रयास गर्नुपर्छ ।

एक पटकमा एउटै कुरामा केन्द्रित हुने

एक पटकमा धेरै काम नगरी सकेसम्म एउटै कुरामा केन्द्रित भएर काम गर्ने प्रयास गर्नुपर्छ । त्यस्तै काम राम्ररी पूरा नभएसम्म अन्यत्र ध्यान दिनु हुँदैन ।

कार्यालयको काम कार्यालयमै छाड्ने

कार्यालयको काम कहिले पनि घरमा नल्याउनुहोस् । यसको लागि कार्यालयको काम चाँडै सकाउनुपर्छ । कार्यालयको तनाव घरमा नलैजाँदा जीवन सरल बनाउन सहयोग पुग्छ ।

दैनिक १५ मिनेट भए पनि ध्यान गर्ने

हरेक दिन कम्तीमा १५ मिनेट भए पनि ध्यान गर्नुपर्छ । यसले तनाव कम गर्न, मनलाई शान्त राख्न र जीवनलाई सजिलो बनाउन मद्दत गर्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?