Comments Add Comment

एकताबारे ओलीले भने : जुत्ता मिलेन भने खुट्टा ताछेर पनि मिलाउनुपर्छ


९ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुसँग पार्टी एकता सफल पार्नुबाहेक अर्को विकल्प नभएको बताएका छन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा ओलीले भने, ‘हामी त्यो ठाउँमा पुगिसक्यौं, जुत्ता मिलेन भने खुट्टा ताछतुछ (ताछेर) पनि मिलाउनुपर्छ । यो बाहेक अर्को बाटो छैन ।’

उनअघि बोलेका माओवादी अध्यक्ष प्रचण्डले एकताबाट दायाँबायाँ गर्ने बाटो नभएको बताएका थिए ।

तर, एमाले अध्यक्ष ओली फरक मत राखे । प्रचण्डले पार्टी एकताको विकल्प छैन भन्न खोजेको तर, सेन्टिमेन्टल कुरा गरेको भन्दै ओलीले भने, ‘हामीले बजार घुम्न जाँदा देखेर टिपेर ल्याएको होइन । बडो मेहनत गरेर यहाँसम्म ल्याइपुर्‍याएका छौं ।’

अघि भने, ‘हामीले गरेनौं भने होइन । हामीले नगरेको भए हुँदैनथ्यो । कसरी हुन्छ ?’

यद्यपि अरु कसैलाई दोष दिएर उम्कन ठाउँ नभएको भन्दै उनले एकता सफल पार्ने बताए ।

पार्टी एकता सम्मान, समानता र सहमतिका आधारमा हुने प्रचण्डको मतमा सहमति जनाए । यद्यपि एकताअघि केही सेन्टिमेन्टल कुराहरु आउने बताए ।

लेनिनको फोटो नराखेको भन्दै कार्यक्रमको सुरुमा भएको नाराबाजीतर्फ संकेत गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘आज पनि अलिकतिमा दाँतमा ढुंगा लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment