Comments Add Comment

गजित भन्दैछन्–निश्माको अगाडि मोती पनि फिक्का(भिडियो)

भोलीदेखि देशभर रिलिज हुन लागेको चलचित्र ‘हैरान’मा समावेश ‘दाग छैन अब जुनमा पनि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा चन्द्रमणि भट्टराइको शब्द, किरण कँडेलको संगीत र यूवराज चौलागाई, इन्दिरा जोशी र निश्मा घिमिरेको स्वर छ । गम्भिर बिष्टले भिडियोको कोरियोग्राफी गरेका हुन् ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य २ कलाकार निश्मा घिमिरे र गजित बिष्टलाई फिचरिङ गरिएको छ । चलचित्रका कलाकार गजित बिष्ट दर्शकले विभिन्न प्रचार साम्रागीलाई रुचाएको भन्दै चलचित्र चल्नेमा विश्वस्त देखिएका छन् । विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाएका सौगात बिष्टले निर्देशन गरेको यो चलचित्रलाई कमेडी र एक्सन जनरामा तयार पारिएको छ ।

चलचित्रमा सत्यराजआचार्य , गजित विष्ट , मोहमदवसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , शिशिर भण्डारी, एन्जल राई , आरोहीशर्मा लगायतको अभिनय रहेको छ ।
डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment