Comments Add Comment

टोफिचु जुनियर च्याम्पियन्स कप हुँदै

६ असार, काठमाडौं । अन्तर विद्यालय फुटसल टुर्नामेन्ट टोफिचु जुनियर च्याम्पियन्स कपको दोश्रो दिनका खेलहरु चार वटै खेल मैदानमा भए । बानेश्वर फुटसल मा १४ वर्ष मुनिका खेलाडी समूह मध्ये समूह ए बाट एक्मे र ओलम्पिया अग्र पंक्रिमा रह्यो भने इपिएस समूह बीको समूह बिजेता बन्यो । रोज बड ले रनरअप बन्दै क्वार्टरफाइनलमा प्रवेश निश्चित गर्‍यो ।

समूह सीको बिजेता बन्दै एप्पल इन्टरनेश्नलले दिब्यदर्शनलाई रनरअपमा सीमित भयो । एस र ए भि एम क्रमश ः समूह डीबाट समूह बिजेता र रनरअप बन्दै क्वार्टरफाइनलमा प्रवेश गरे ।

एक्मे र दिब्य दर्शनबीच भएको क्वाटरफाइनलमा एक्मेले दिब्य दर्शनलाई ३-० ले पराजित गर्‍यो । त्यसैगरी ई पि एस ले पनि एभिएम लाई ३ गोल हान्दै बिजेता बन्यो । एक्मे र इ पि एस भोली सेमिफाइनल खेल्ने छन् ।

अन्य क्वाटरफाइनल खेलमा एस ले रोज बड लाई ४-२ ले पराजित गर्दै सेमिफाईनलमा एप्पलसंग प्रतिस्पर्धा गर्नेछ । जसले ओलम्पियालाई पराजित गरेको छ ।

१२ बर्ष मुनिका समूहको क्वाटरफाइनल खेलमा विद्या संस्कार, राजर्षी गुरुकुल, र रोज बड बिजेता बन्न सफल भएका छन् । भोलि हुने सेमिफाइनल खेल तालिकामा ओलम्पिया र रोज बडबीच र विध्या संस्कार र राजर्षी गुरुकुलबीच प्रतिस्पर्धा गर्नेछ ।

नेश्नल स्पोर्ट्स सेन्टरमा १४ वर्ष मुनिका खेलाडी समूहहरुमा सेन्ट जेभियर्स ले रुपक मेमोरियल विरुद्घ ७ गोल गर्‍यो, समूह सी को समूह बिजेता र रनरअप बन्नको लागि पि्रमियर ए र ज्ञान निकेतन बीचको खेल अझ बाँकी छ ।

समूह डी का टोलीहरुमा जेम्स, पुष्प सदन, भिएस निकेतन र पि्रमियर बी बिजेता र रनरअपको लागि भोलि प्रतिस्पर्धा गर्नेछन् । रातो बगंला र नेपाल तारा क्रमश ः समूह ए बिजेता र रनरअप बनेका छन् । यूलेन र साउथ पोइनट  क्रमश ः बिजेता र रनरअप भए भने अन्य बाँकी खेल हरु भोली निरन्तर हुनेछन् ।

नेश्नल स्पोर्ट्स सेन्टरमा १४ वर्षमुनिका खेलाडी समूहहरुमा समूह एबाट हिमरश्मि र भ्याली पब्लिक अग्र पंक्तिमा परे र समूह बीका एपिआई बिजेता रह्यो भने रिब्स् उपविजेता बन्दै क्वाटरफाईनलमा आफ्नो स्थान बनाउन सफल भए ।

समूह सीबाट शिवपुरिले ४ गोलले केभिकेएसलाई पराजित गर्दै समूहमा आफ्नो स्थान मजबुत बनाएको छ भने समूह सी र समूह डी का अन्य नतिजा भोलि हुने खेल हरुले निर्धारण गर्नेछन् ।

इु-१२ समूहमा सामाखुशी, द एक्सलसर, अमर स्कुल, संस्कृति र साइपाल बिजयी भए भने न्यू जेनिथ, राजन मेमोरियल, ग्रिनल्याण्ड र किड्स लर्निगं क्रमश ः रनरअप बनेका छन् ।

ग्रासरुटमा भएका १२ बर्ष मुनिका समूहमा समूह एको बिजेता इन्साइट भिजन ले समूह सीको रनरअप आईडलसंग प्रतिस्पर्धा गर्नेछ ।

डेफोडिल, जोन डिवे, र त्रिनेत्र क्रमश आफ्नो समूह बिजेता बनेका छन् भने टिआईए, यू यूत्सु र काष्ठमाण्डपसंग प्रतिस्पर्धा गर्ने छन् । डेफोडिलले इन्साइट भिजनलाई ८-० ले पराजित गर्‍यो । यू-१४ अन्तर्गत त्रिनेत्र, हिमालयन, एपेक्स् लाइफ र यू यूत्सु क्वाटरफाइनलमा पुगे र उनीहरुले अब क्रमश ः बुढानिलकण्ठ, जोन डिवे, इन्साइट भिजन र टीआईएसंग खेल्नेछन् ।

सबैखेल मैदानका बिजेताटोली २२ जुन २०१८ मा फाइनल प्रवेशका लागि सेमिफाईनल खेल ग्रासरुट फुटसल ग्राउण्डमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment