+
+

मिटर ब्याजी सिंहको सटगन र राइफल खोसियो

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १२ गते १८:०६

१२ असार, काठमाडौं । लाइसेन्स प्राप्त हतियारको आडमा गुन्डाराज चलाउँदै आएका मिटर ब्याजी महेशबहादुर सिंहसँग रहेको हतियार प्रहरीले खोसेको छ ।

लाइसेन्स प्राप्त हतियारको आडमा आपराधिक क्रियाकलाप गरेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौं र ललितपुरबाट लाइसेन्स रद्द गरी सिंहको हतियार खोसिएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सिंहको साथमा रहेका १२ बोरको दुई वटा सटगन, ४ वटा २२ बोरको राइफल र ती हतियारमा लाग्ने १ सय ३६ राउण्ड गोली बरामद गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहका अनुसार हातहतियार तथा खरखजाना ऐन, २०१९ बमोजिम इजाजत लिए पनि सर्त उल्लंघन गरेपछि उनको हतियार रद्द गर्न सफारिस गरिएको थियो । र, उनको उक्त हतियार सरकारी कोषमा दालिखा गरिएको छ ।

को हुन् सिंह ?

हेटौंडा स्थायी घर भइ हाल ललितपुर–१३, भनिमण्डल बस्दै आएका महेशबहादुर सिंह मिटर ब्याज नाइकेको रुपमा चिनिन्छन् ।

उनको काठमाडौंका विभिन्न क्यासिनोमा समेत लगानी छ । ‘उनले मिटर ब्याजमा लगाएको पैसा सम्बन्धित व्यक्तिले फिर्ता गर्न ढिलो गर्दा लाइसेन्स प्राप्त हतियार देखाएर धम्क्याउने गरेका थिए’, महाशाखाका एक अधिकारीले भने ।

प्रहरीको रेकर्डमा उनी अपहरण तथा शरीर बन्धक, वन्यजन्तुको अवैध चोरी चिकासी, ठगी र बैंकिङ कसुरका पुरानै अभियुक्त हुन् ।

०७२ सालमा अपराध महाशाखाको टोलीले उनको घरमा संरक्षित वन्यजन्तुको हाड र छाला भेट्टाएको थियो । र, उनीविरुद्ध मुद्दा चलाएको थियो । त्यतिबेलै उनी अपहरण काण्डमा पनि मुछिएका थिए ।

उनीविरुद्ध ठगी एवं बैकिङ कसुरको मुद्दा पनि महाशाखाले चलाएको छ ।

यो पनि पढ्नुस् 

लाइसेन्स लिएर सर्वसाधारण धम्क्याएपछि ४ जनाको हतियार खोसियो

लाइसेन्स प्राप्त हतियारको आडमा व्यवसायीको गुन्डागर्दी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?