Comments Add Comment

इन्टर मिलानको अप्रत्यासित हार


४ भदौ, काठमाडौं । इन्टर मिलानलाई सिरी ए को उपाधि होडमा युभेन्टसको प्रमुख प्रतिद्वन्द्वीका रुपमा हेरिएको थियो । तर, पहिलो खेलमै अप्रत्यासित हार व्यहारेको छ ।

आइतबार राति भएको खेलमा सासुआलोले इन्टर मिलानलाई १–० गोल अन्तरले हराएको हो ।

खेलाडी किनबेचमा निकै व्यस्त भएका इन्टरका प्रशिक्षक लुचिआनो स्पोलेटीले स्टीफनज डि व्रिज, पोलिटानो, मार्टिनेज र आसामाओलाई डेब्यू गराएका थिए । तर, पहिलो हाफको २७ औं मिनेटमा बराडीले गरेको पेनाल्टी गोलको मदतमा घरेलु टोली सासुआलोले सनसनीपूर्ण जित निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment