Comments Add Comment

कस्तो रोचक औँला लडाउने खेल !

के तपाइँले औँला लडाउने खेलको बारेमा सुन्नुभएको छ ? सायद छैन होला । युरोपेली मुलुक जर्मनीमा औँला लडाउने अनौठो खेल हुन्छ ।

जर्मनीको बाभारियनमा हरेक वर्ष माझी औँला लडाउने अनौठो खेल हुन्छ ।

उक्त खेलमा दुईजना पुरुषहरुले एउटा छालाको बलियो रसीलाई आफ्नो माइली औँलाले तानातान गर्दछन् ।

हात लडाउने खेलमा झैँ टेबुलमा हात अठ्याएर माझी औँलाले रसी तान्ने काम गरिन्छ ।

जसले आफूतिर रसी तान्न सक्छ, त्यो नै विजेता हुन्छ ।

यो खेलको सुरुवात १७ औँ शताब्दीमा भएको हो । दक्षिणी जर्मनी र अष्ट्रियाका बासिन्दाहरुले आपसको विवाद समाधानका लागि औँला लडाउने यो खेलको सुरुवात गरेका थिए । यसलाई जर्मन भाषामा फिंगरहाल्केन भनिन्छ ।

हेरौँ औँला लडाउने खेलका केही रोचक तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment