१७ फागुन, काठमाडौं । फागुन २० गते नेपाली सेना दिवस मनाइँदैछ । सेना दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विभिन्न खेल कौशल र युद्ध कौशल प्रदर्शन गर्छ ।
सेना दिवसको दिन देखाइने विभिन्न कार्यक्रमको तयारी भने केही दिनअघिदेखि नै गरिरहेको छ । शुक्रबार पनि सेनाले यस्तै तयारी गरेको छ ।
तयारीका क्रममा उडिरहेको हेलिकोप्टरबाट डोरीमा झुण्डिएर भुइँमा झरेको कला पनि देखाएका थिए ।
हेर्नुहोस् तस्वीर