३० असोज, काठमाडौं । नवलपरासीमा युवकको हत्याको आरोपमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ ।
सुस्ता गाउँपालिका ५ का राजकुमार बाँसफोरको हत्या आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका ६ गुठी पर्सौनीका २१ वर्षका सञ्जय दोङलार्ई पक्राउ गरेकमो इलाका प्रहरी कार्याायलय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी दिए ।
पुरानो रिसइबीका आधारमा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए । मृतक राजकुमार सञ्जयका फुपाजुका भाइ हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।