+
+
Shares

दाङबाट पक्राउ पर्ने विप्लवका २१ नेताकै नाम सार्वजनिक (नामावलीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३० गते १२:०८

३० असोज, काठमाडौं । नेपाल प्रहरीले गएराति दाङको राजपुर गाउँपालिका-४ मा चलाएको अपरेशनका क्रममा पक्राउ परेका २१ जनाकै नाम सार्वजनिक गरिएको छ ।

अनुसन्धानमा खटिएको प्रदेश नं. ५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर उर्फ वीरजंगसहितका नेता छन् । हाल उनी समूहमा केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो इञ्चार्ज एवं मध्यपश्चिम कमाण्ड इञ्चार्ज थिए ।

राप्ती ब्युरो इञ्चार्ज केशवबहादुर बाँठा मगर (सुवास), राप्ती ब्युरोका न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा (सुन्दर), कार्यालय सचिव सविन पोख्रेल, जिल्ला इञ्चार्ज यमलाल कटुवाल (विक्रम), जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष बबिन केसी (पाटन, जंगली), बुद्धिजीवि सुनिल पौडेल र क्षेत्र नं. ४ इञ्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी पनि पक्राउ परेका छन् ।

त्यस्तै, क्षेत्र नं. १ इञ्चार्ज एवं राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा (महान), पूर्वजनमुक्ति सेना तिलक पुन, दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, सदस्य हितप्रसाद रोका, रोल्पा सदस्य पोष्टमान घर्ती, दलबहादुर घर्ती, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, कुलबहादुर वली र विष्णु थापा पक्राउ परेका छन् ।

उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय, दाङमा ल्याएको छ । समूहको राप्ती ब्युरो बैठकमा घेराबन्दी गरेर प्रहरीले २१ जनालाई पक्राउ गरेको थियो । त्यसक्रममा महत्वपूर्ण दस्तावेज, हतियार, चन्दा संकलन गरिएका रसिद लगायत बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?