+
+
Shares

साथीलाई छुरा प्रहार गर्ने एक भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३० गते १९:४९

३० असोज, वीरगञ्ज । आफ्नै साथीलाई छुरा प्रहार गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारत बिहार जिल्ला मुजफ्फरपुर थाना मतहा घर भई वीरगञ्ज महानगरपालिका-१५ प्रतिमा चोक बस्ने २० बर्षीय राजकुमार भन्ने राजु राम पक्राउ परेका हुन् ।

राजुले प्रतिमा चोकस्थित तमाना टायर पसलमै काम गर्ने भारत बिहार जिल्ला बैसाली थाना गोरौल घर भएका अन्दाजी १४ बर्षीय अभिषेक (थर नखुलेको) नाम गरेका बालकलाई छुरा प्रहार गरी घाइते बनाएका प्रहरी नायव निरीक्षक गौतम थापाले जानकारी दिए ।

आपसी विवाद हुँदा अभिषेकको बाँया छातीमा राजुले बुधबार बुलेका छुरा प्रहार गरी घाइते बनाएको थापाले बताए । अभिषेकलाई नारायणी अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि भारत रक्सौल डंकन अस्पतालमा पठाइएको छ । राजुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?