News Summary
Generated by OK AI. Editorially reviewed.- एनपीएलको मंगलबारको दोस्रो खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले टस जितेर पोखरा एभेन्जर्सलाई पहिले ब्याटिङको निम्तो दिएका छन्।
- लुम्बिनीले आज दिलिप नाथ र श्याड्ली भान साइलवायकको स्थानमा अभिशेष गौतम र रुबेन ट्रम्पलम्यानलाई पहिलो रोजाइमा उतारेको छ।
- पोखराले पनि अर्जुन कुमाल, आकाश चन्द र सदिरा समाराविक्रमालाई पहिलो रोजाइमा उतारेको छ।
१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
साविक विजेता लुम्बिनी लायन्सको कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोज्दै पोखरालाई ब्याटिङको निम्तो दिएको छ ।
लुम्बिनीले आज पहिलो रोजाइमा दुई परिवर्तन गरेको छ । दिलिप नाथ र श्याड्ली भान साइलवायकको स्थानमा अभिशेष गौतम र रुबेन ट्रम्पलम्यान पहिलो रोजाईँमा खेल्दैछन् ।
यस्तै पोखराले पनि आज तीन परिवर्तन गरेको छ । युवा ब्याटर अर्जुन कुमाल आज पहिलो रोजाइमा खेल्दैछन् । उनी दिनेश खरेलको स्थानमा खेल्न लागेका हुन् । यस्तै प्रतिक पोखरेलको स्थानमा आकाश चन्द र मोहम्मद सैफुद्दिनको स्थानमा सदिरा समाराविक्रमा पहिलो रोजाइमा खेल्दैछन् ।
एनपीएलको तस्रो सिजन लुम्बिनी अपराजित एक्लो टिम हो भने पोखरा जितविहीन हुने एक्लो टिमको रुपमा छ ।
प्रतिक्रिया 4