+
+
Shares

जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक

विराटनगर किंग्सका इमरान शेखले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगर किंग्सका इमरान शेखले टीयू क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध ४० बलमा ५३ रन बनाउँदै अर्धशतक प्रहार गरे ।
  • शेखले शान जयासूर्या आउट भएपछि क्रिज सम्हाल्दै लोकेश बमसँग शतकीय साझेदारी गरे ।
  • यो यस संस्करणको पहिलो शतकीय साझेदारी हो ।

१७ कात्तिक, काठमाडौं । विराटनगर किंग्सका इमरान शेखले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि शेखले वान डाउनमा ब्याटिङ गर्दै अर्धशतक बनाएका हुन् । उनले ४० बलमा ५ चौका र २ छक्का मदतमा ५३ रन बनाउँदै अर्धशतक पूरा गरे ।

यस संस्करणमा यो आठौं अर्धशतक हो भने इमरान अर्धशतक प्रहार गर्ने छैटौं नेपाली ब्याटर हुन् ।

ओपनर शान जयासूर्या टिमको स्कोर २ रन हुँदा आउट भएपछि इमरान ब्याटिङका लागि क्रिजमा पुगेका थिए । त्यसयता उनले अर्का ओपनर लोकेश बमसँग मिलेर शतकीय साझेदारी गरेका छन् । यस संस्करणमा यो पहिलो शतकिय साझेदारी हो ।

एनपीएलमा यो १४औं शतकिय साझेदारी हो । यसअघि पहिलो सिजन ७ र दोस्रो सिजनमा ६ पटक शतकिय साझेदारी भएको थियो ।

यस्तै विराटनगरका खेलाडीले एनपीएलमा बनाएको यो दोस्रो शतकिय साझेदारी हो । यसअघि दोस्रो सिजनमा विराटनगरका लागि लोकेश बम र मार्टिन गप्टिलले नै पोखरा एभेन्जर्स विरुद्ध दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए । यो एनपीएलमा विराटनगरको अहिलेसम्मको उच्च साझेदारी हो ।

एनपीएलमा इतिहासमा अहिलेसम्मकै सर्वाधिक साझेदारीको कीर्तिमान भने पोखरा एभेन्जर्सका आन्द्रे गौस र दिनेश खरेलको नाममा छ । यो जोडीले लुम्बिनी विरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?