+
+
Shares

२६ जिल्लामा देउवा समूहको अधिवेशन सम्पन्न, को–को भए सभापति ?

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले २६ जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १३:३०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत २६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ।
  • देउवा समूहका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा सभापति चयन भएका छन्।
  • देउवाको गृह जिल्ला डडेल्धुरा, बाजुरा, धादिङ र खोटाङमा जिल्ला अधिवेशन अझै जारी रहेको सम्पर्क कार्यालयले जनाएको छ।

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले २६ जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ ।

चुनदेवीस्थित सम्पर्क कार्यालयले १५औं महाधिवेशनअन्तर्गत मंगलबारसम्म २६ जिल्लाहरूमा अधिवेशन सम्पन्न भएको जनाएको हो ।

चुनदेवीले कोशी प्रदेशका चार, मधेश प्रदेशका दुई, बागमती प्रदेशका दुई, गण्डकी प्रदेशका तीन, लुम्बिनी प्रदेशका चार, कर्णाली प्रदेशका सात र सुदूरपश्चिम प्रदेशका चार जिल्लामा अधिवेशन सम्पन्न भएको बताएको छ ।

चुनदेवीका अनुसार देउवा समूहले कोशी प्रदेशका झापा, संखुवासभा, भोजपुर र ताप्लेजुङमा अधिवेशनबाट जिल्ला नेतृत्व चयन भएको छ ।

झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जिमी, भोजुरमा धर्मराज राई र ताप्लेजुङमा अमरबहादुर सेन्दाङ जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

यस्तै मधेश प्रदेशका आठ जिल्ला मध्ये धनुषा र बारामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । धनुषामा कोमलकान्त झा र बारामा राजेश राय यादव जिल्ला सभापतिमा निर्वाचित भएका चुनदेवीले जनाएको छ ।

चुनदेवी सम्पर्क कार्यालयलृ चितवनमा मिलनबाबु श्रेष्ठ र सिन्धुपाल्चोकमा बालकृष्ण बस्नेतको सभापतित्वमा जिल्ला कार्यसमिति चयन भएको छ ।

त्यसैगरी कास्कीमा ऋषिराम काफ्ले, म्याग्दीमा हिराबहादुर पुन, पर्वतमा यमबहादुर मल्ल (रामकृष्ण) जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

देउवा समूहको जिल्ला अधिवेशनले कपिलवस्तुमा राजेशबहादुर सिंह, रोल्पामा मानबहादुरख त्री, प्यूठानमा देवेन्द्र वर्मा, दाङमा गोपालराज शर्मालाई सभापति चयन गरेको छ ।

देउवा समूहले नन्दबहादुर विष्टलाई रुकुम पश्चिम, दिपक चन्दलाई सल्यान, नेत्रकला शाहीलाई जुम्ला, तिलकबहादुर मल्ललाई मुगु र सूर्यबहादुर शाहीलाई हुम्ला सभापतिमा चयन गरेको छ ।

कर्णाली प्रदेशको कालिकोटमा नगेन्द्रबहादुर विष्ट र दैलेखमा दिनेशकुमार हमाल जिल्ला सभापतिमा निर्वाचित भएका चुनदेवीले जनाएको छ ।

पूर्वसभापति देउवाको गृहप्रदेश सुदूरपश्चिमका नौ मध्ये चार जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ ।

प्राप्त विवरणअनुसार बझाङमा हर्कजंगबहादुर सिंह, डोटीमा बाजिसिंह खड्का (विजय), दार्चुलामा सुरेन्द्रराज अवस्थी र बैतडीमा वीरबहादुर विष्ट जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

सम्पर्क कार्यालयले देउवाको गृह जिल्ला डडेल्धुरासँगै बाजुरा, धादिङ र खोटाङमा जिल्ला अधिवेशन जारी रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?