+
+
Shares

कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र सभामुख अर्यालबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १३:२०
फाइल तस्वीर

१७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबीच भेट वार्ता भएको छ ।

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आङ्देम्बे र अर्यालयबीच भेटवार्ता भइरहेको हो ।

भेटवार्तामा आङ्देम्बेले कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय र सोमबार विपक्षी दलका नेताहरूबीच भएको छलफलबारे सभामुखलाई जानकारी गराउने छन् ।

सोमबारको कांग्रेस संसदीय दलको बैठकले पत्रकार धरपकड लगायत सकारका विवादित सबै विषयमा संसदीय विशेष छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको थियो । जसका लागि जतिसक्दो छिटो संसद् बैठक बोलाउनुपर्ने माग कांग्रेसको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?