Comments Add Comment

विकास रनिङ शिल्डको उद्घाटन खेलमा चितवन विजयी

३०, असोज, चितवन । चितवनको नारायणगढमा बिहीबार सुरु भएको विकास रनिङ शिल्ड फुटवल प्रतियोगिताको उद्घाटन खेलमा चितवन–११ ले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा चितवन– ११ ले मकवानपुर–११ लाई ३–२ ले पराजित गरेको हो ।

पहिलो जितबाटै चितवन सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा चितवनका तर्फबाट रुमेस बर्तौलाले दुई गोल गरे भने अर्को एक गोल अनिश श्रेष्ठले गरे । म्यान अफ दि म्याच रुमेसले ३५ औं र ५५० औं मिनेटमा गोल गरेका हुन् । उनले नगद १० हजारसहित ट्रफी पाए । चितवनका तर्फबाट अनिशले ७१ औं मिनेटमा गोल गरे ।

मकवानपुरका तर्फबाट रवि भण्डारीले ६८ औं र कृष्ण रुम्बाले ७२ औं मिनेटमा गोल गरे ।

प्रतियोगितामा दोस्रो दिन भोलि नेपाल पुलिस क्लब र सरस्वती युवा क्लब काठमाडौंले प्रतिस्पर्धा गर्ने प्रचार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए । यी दुईबीचको विजेता पनि सिधै सेमिफाइनल पुग्नेछ ।

प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ । नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment