Comments Add Comment

एमसीसीको २०० रन पूरा

२० कात्तिक, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपालविरुद्ध तीन दिवसीय फर्ष्ट क्लास क्रिकेटमा २०० रन पूरा गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ५३ ओभरमा २०२ रन बनाउँदा चार विकेट गुमाएको छ ।

एमसीसीका लागि विल रोडसले ७३, माइल्स हाम्मोनले ५२, टोम वेष्टलीले ३९ र विली गाडलम्यानले १० रन बनाएर आउट भए ।

नेपालका लागि सोमपाल कामीले र शरद भेषवाकरले समान २-२ विकेट लिएका छन् ।

एमसीसी विरुद्धको फर्ष्ट क्लास क्रिकेटमा कप्तान ज्ञानेन्द्र मल्लसहित सोमपाल कामी, शरद भेषवाकर, आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, राजु रिजाल, पवन सर्राफ, करण केसी र ललितनारायण राजवंशी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment