Comments Add Comment

तरुण दलको प्रश्न- कालापानी र लिपुलेकबारे सरकार किन मौन ?

२० कात्तिक, काठमाडौं । नेपाल तरुण दलले नेपाली भूमि कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्सामा मिसाउँदासमेत सरकार किन मौन बसेको भनेर प्रश्न गरेको छ । तरुण दलले यस विषयमा सरकारको धारणा सार्वजनिक गर्न पनि माग गरेको छ ।

कांग्रेस भ्रातृ संस्था तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको एक मुठ्ठी माटो पनि कसैले लगेमा नेपाल तरुण दललाई मान्य हुँदैन । कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् ।’

भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि सरकारले कूटनीतिक पहल तत्काल सुरु गर्न पनि तरुण दलले माग गरेको छ ।

हेर्नुस् विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment