Comments Add Comment

युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा

२१ कात्तिक, काठमाडौं । इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा लोकोमोटिभ मस्कोलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो । युभेन्टसको जितमा ड्युग्लास कोस्टा र आरोन राम्सीले गोल गरे । यता, मस्कोका लागि एलेक्सी मिरान्चुकले गोल गरे ।

खेलको चौथो मिनेटमा नै राम्सीले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । खेलको १२ औं मिनेटमा मिरान्चुकले गोल गरेपछि पहिलो हाफसम्म खेल १–१ गोलको बराबरीमा सकिएको थियो । तर खेलको अतिरिक्त समयमा कोस्टाले गोल गर्दै युभेन्टसलाई २–१ गोलको जित दिलाए ।

समूह ‘डी’ मा रहेको युभेन्टसले चार खेलबाट १० अंक बनाउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । समूहको दोस्रो स्थानमा भने एथ्लेटिको मड्रिड रहेको छ । एथ्लेटिको मड्रिडले बुधबार राति नै भएको खेलमा लेभरकुसेनसँग २–१ गोलको हार ब्यहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment