Comments Add Comment

काठमाडौंमा लाग्यो ‘गो ब्याक इण्डिया’को नारा

२० कात्तिक, काठमाडौं । भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएको विरोधमा विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र विपक्षी नेपाली कांग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघले प्रदर्शन गरेका हुन् ।

काठमाडौंको प्रर्दशनीमार्गस्थित आरआर क्याम्पसबाट सुरु भएको विरोध प्रर्दशन रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो । प्रर्दशनमा विद्यार्थी नेताहरुले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो होः, गो व्याक इन्डिया’ जस्ता नाराबाजी गरेका थिए ।

प्रमुख विपक्षी कांग्रेसमा आवद्ध विद्यार्थी संगठन नेविसंघले पनि काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।

यो पनि पढ्नुहोस लिपुलेकमा भारत फेरि चिप्लियो !

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment