+

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

२०८३ कात्तिक  ८ गते ८:२३ २०८३ कात्तिक ८ गते ८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।
  • ३१ वर्षीय एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेर २०० र २९८ रन बनाएका छन्।
  • सबैखाले टी–२० क्रिकेटमा एलेनले १७८ खेलमा १ हजार ६३४ रन र १०९ विकेट लिएका छन्।

८ कात्तिक, काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।

३१ वर्षीय एलेन दायाँहाते ब्याटर र बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्।

एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीयमा उनले २०० रन बनाउनुका साथै सात विकेट लिएका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको नाममा २९८ रन र २४ विकेट छ।

सबैखाले टी–२० क्रिकेटमा एलेनले १७८ खेल खेल्दै १ हजार ६३४ रन बनाएका छन् भने १०९ विकेट लिएका छन्। टी–२० मा उनको ब्याटिङ स्ट्राइक रेट १३९.८९ छ। उनले यस प्रारूपमा १०६ छक्का प्रहार गरेका छन्।

एलेनले सन् २०१६ मा जमैकाबाट प्रथम श्रेणी क्रिकेटमा पदार्पण गरेका थिए। त्यसपछि सीमित ओभरको क्रिकेटमा आफ्नो पहिचान बनाएका उनले सन् २०१८ मा भारत भ्रमणका क्रममा वेस्ट इन्डिजको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।

सन् २०२२ को सुरुवातमा व्यक्तिगत कारणले क्रिकेटबाट केही समय टाढिएका एलेन त्यसै वर्ष अगस्टमा पुनः खेलमा फर्किएका थिए। त्यसपछि उनले वेस्ट इन्डिजका लागि सीमित अवसर पाए पनि क्यारेबियन, यूएई, दक्षिण अफ्रिका, क्यानडा, पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशका टी–२० लिगमा खेलेका छन्।

एलेनको आगमनले सुदूरपश्चिम रोयल्सको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

फेबियन एलेन सुदूरपश्चिम रोयल्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय